• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमेमा परम्परागत नाँचको रौनक




रुकुमपूर्व भूमे गाउँपालिकामा दोस्रो बृहत् सांस्कृतिक प्रतियोगिता उद्घाटन गरिएको छ । हिजो देखि ५ गते सम्म दोस्रो बृहत् सांस्कृतिक प्रतियोगिता कार्यक्रम २०७६ आयोजना गरिएको हो ।

भूमे गाउँपालिकाको आर्थिक सहयोगमा संस्कृति तथा पर्यटन विकास केन्द्र नेपाल रुकुम पश्चिमको आयोजना र सह–आयोजना मौलिक सांसकृतिक कला केन्द्र र खाम मल्टी शोसल अर्गनाईजेशन रुकुमपूर्वको रहेको छ । प्रतियोगितामा भूम्या, नचारु, मयूर, पैसेरु, फाँक र झोरेल्नी नाँचमा प्रतिस्पर्धा गराइने छ ।

मगर समुदायको ठूलो पर्व भूम्या अर्थात बल पूजाको अवसरमा भूमे गाउँपालिकाले प्रत्येक वर्ष वार्षिक कार्यक्रम अनुसार बजेट वियोजन गर्ने गरेको हो । दोस्रो सांस्कृतिक प्रतियोगिताको उद्घाटन रुकुमपूर्वका जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्र बहादुर ओलीले गर्नुभएको छ ।

भूम्या पर्वको अवसरमा विविध मौलिक सांस्कृतिक कार्यक्रम वार्षिक कार्यक्रमको रुपमा प्रतिस्पर्धाबाट स्थानीय सांस्कृतिकलाई प्रवद्र्धन गर्नमा टेवा पुग्ने जिससका प्रमुख आलीले भनाई राख्नुभयो । ‘रुकुमपूर्व मौलिक कला सांस्कृतिमा भरीपूर्ण रहेको छ’ उहाँले भन्नुभयो, ‘विविध परम्परागत नाँचलाई संरक्षण गरेर पर्यटकलाई भित्र्याउने र भूमेलाई चिनाउनेमा सहयोग पुर्याउने छ ।’

भूम्या पर्वको अवसरमा भूम्या नाँचसँगै परम्परागत मौलिक नाँचका प्रतियोगिता समेत आयोजना गराउने गरेको गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो ।

‘प्रतियोगितामा प्रतिस्पर्धा गराई पुरस्कारको व्यवस्था गर्ने गर्दा हरेक गाउँबस्तीमा यसलाई जोगाई राख्नमा हौसला प्रदान भएको छ’ अध्यक्षले भन्नुभयो, ‘आफ्नै मौलिक परम्परा भेषभुषामा विविध नाँचको प्रतिस्पर्धा गराइने छ, यसलाई पछिल्लो पुस्तामा हस्तान्तरण हुने र दिगोरुपमा संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ ।’

भूम्या नाँचमा ७ समूह, पैसेरुमा ५ समूह, फाँकमा ४ समूह त्यसैगरी झोरल्नी १ समूह नचारुमा २ समुह र मयूर नाँचमा ३ समूह गरी जम्मा २२ समूहले नाम दर्ता गराएका छन् । आज बिहान १० बजेबाट प्रतिस्पर्धा गराईने छ ।

पुरस्कार राशी भूम्या नाँचमा पहिलो हुनेले नगत १ लाख, द्वितीयले नगत ७५ हजार, तृतीयले नगत ५० हजार र सान्त्वना स्थान हासिल गर्नेले नगत २० हजारको रहेको छ । त्यसैगरी नचारु नाँचका लागि पहिलो, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः नगत ७५ हजार, ५० हजार, ३० हजार र १५ हजार रहेको छ ।

मयूर नाँचमा पनि क्रमशः नगत ५० हजार, ३० हजार, २० हजार र १० हजारको रहेमा पैसेरु, फाँक र झोरेल्नी नाचका लागि समान पहिलो, द्वितीय, तृतीय र सान्त्वना हुनेले नगत ३० हजार, २० हजार, १० हजार र ५ हजारको साथमा सबै नाचका लागि कप प्रमाण पत्रको व्यवस्था रहेको सँस्कृति तथा पर्यटन विकास केन्द्रका अध्यक्ष पहलसिंह घर्ती मगरले जानकारी गराउनुभयो । कार्यक्रमको लागि पालिकाले १३ लाख रकम छुताएको छ । कार्यक्रम भूमे २ खाबाङ बगरमा सञ्चालन रहेको छ ।

मगर समुदायमा प्रचलित भेषभूषामा गुन्यू, चोली, पछ्यारी, गाडा, गरगहना त्यसैगरी धाका टोपी, गाडा, पटुका, चौवबन्दी लगाएत परमपरागत कला सांसकृतिकको पोसाकमा सजिएर परम्परागत नाँचको उद्घाटन कार्यक्रममा प्रदर्शन रहेको थियो ।

विभिन्न नाँच एकै मञ्चबाट देख्न पाउदा सहभागि सबैको मन लोभिएको थियो । उक्त प्रतियोगिता कार्यक्रमको भिडियो डकमेन्टरीले निर्माण हुने छ ।
तस्विरः जयमान बुढा मगर

Facebook Comments