• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
विजेता प्रतियोगीलाई सम्मान




रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका २ को जनकल्याण माध्यामिक विद्यालय पिपल जिपुलाई सम्मान गरिएको छ । २ नम्वर वडा कार्यालयले गाउँपालिका स्तरीय प्रथम राष्ट्रपति रनिङ शिल्ड जितेको भन्दै विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई सम्मान गरेको हो ।

मेलगैरी सहिद स्मृति पार्कमा औपचारीक कार्यक्रमको आयोजना गरी विद्यालयका २२ जना शिक्षक तथा कर्मचारीको साथै राष्ट्रपति रनिङ शिल्डमा सहभागि भएका सबै विद्यार्थीलाई सम्मान गरिएको हो ।

वडा कार्यालयको तर्फबाट वडाध्यक्ष धनबहादुर खत्रीले शिक्षक तथा कर्मचारीलाई डायरी, कलम तथा विद्यार्थीहरुलाई दुई वटा भलिबल र दुई वटा जाली प्रदान गरेर सम्मान गर्नुभएको थियो । १० छात्रा र ८ छात्र गरी १८ जनालाई वडाध्यक्ष खत्रीले सम्मान गर्नुभएको थियो ।

शिल्डमा राम्रो गरेकाले प्रोत्साहन तथा हौसलाका लागि विद्यालय, शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई सम्मान गरिएको वडाध्यक्ष खत्रीले बताउनुभयो । शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई सम्मान स्वरुप केही सामग्री प्रदान गरिएको र त्यो थप प्रोत्साहनका लागि भएको उहाँको भनाई छ ।

जनकल्याण माविले यही जेठ २३ देखि २५ गते सम्म बाँफिकोट गाउँपालिका ५ को स्यार्पूचौरमा सम्पन्न प्रथम गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड जितेको थियो ।

शिल्डमा खेलाइएका सबै खेलबाट कुल ७९ अंकका साथ शिल्ड जितेको विद्यालयले गाउँपालिकाका अन्य ८ विद्यालयलाई पछि पारेको थियो । पहिलो रनिङ शिल्ड जितेको जनकल्याण माविले नै अब यो वर्षको रनिङ शिल्ड खेलाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेको वडा सदस्य कर्णबहादुर खत्रीले बताउनुभयो ।

आयोजक विद्यालय हुनुका नाताले अब रनिङ शिल्डको आवश्यक तयारीमा विद्यालय लागि सकेको पनि खत्रीले बताउनुभएको छ । वडाध्यक्ष खत्रीकै अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका सुमन बुढाथोकी, नेपाली कांग्रेसका नन्दराम केसीको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सदस्य कर्णबहादुर खत्रीले गर्नुभएको थियो ।।

Facebook Comments