• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गंगादेवका किसानलाई खेतीसम्बन्धी तालिम




गङगादेव गाउपालिका स्तरीय मौसमी तथा बेमौसमी तरकारी उत्पादन सम्बन्धि ३ दिने तालिमको गाउपालिका उपाध्यक्ष रिता घर्तिद्वारा उदघाटन गरिएको छ ।

कृषि बिकास शाखा गङदेव गाउपालिकाको आयोजनामा भएको तालिममा १ नम्बर देझी ७ नम्बर वडाका ४० जना कृषकको सहभागिता रहेको छ ।

कृषि बिकास शाखा प्रमुख मान बहादुर डागिको अध्यक्षतामा भएको तालिम उदघाटन समारोहमा गङगादेव गाउपालिका उपाध्यक्ष रिता घर्तिको प्रमुख आतिथ्यता रहेको थियो भने ३ नम्बर वडा अध्यक्ष जलेश कुमार केसिको बिशिस्ट आतिथ्यता रहेको थियोे ।

तालीमको सहजीकरण कृषि प्राबिधिक टिका राम वलीले गर्नु भएको थियो ।

तालिमको लागी ७० हजार बजेट रहेकोे छ । तालीम ३ दिन सम्म चल्ने गङगादेव गाउपालिका रोल्पाका प्रेस सयोजक अशोक वली परिवर्तनले जानकारी दिनु भएको छ ।

Facebook Comments