• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमेमा सहकारी संस्थाद्वारा उन्नत गाइपालन सुरुः लोकल कुखुरापालनको पनि तयारी




रुकुमपूर्व भूमे गाउँपालिकामा एक सहकारी संस्थाले उन्नत जातको गाई पालन सुरु गरेको छ ।

मारिङ बहुउद्देश्यीय सहकारीले भूमे २ खाबाङ बगरमा उन्नत जातको जर्सी गाई पालन गर्न गरेको हो । भूमि तथा कृषि सहकारी मन्त्रालय ५ नम्बर प्रदेश सरकारको १५ लाख, भूमे गाउँपालिकाको ४ लाख र सहकारीको ५ लाख रकम गरी जम्मा २४ लाख रकममा उक्त गाई पालन गर्न लागिएको छ ।

जर्सी गाई पालनको लागि १४ लाखमा एक भवन सहित मल व्यवस्थान ठाउँ निर्माण गरिएको सहकारीका अध्यक्ष धनमान रोकाले जानकारी दिनुभयो ।

‘५ लाख ५० हजार रकमले दुई ओटा दूधालु, एक जर्सीको वर र दुई गर्भाशय जर्सी गाई ल्याईएको छ’ अध्यक्षले भन्नुभो, ‘अहिले करिव १० रोपनी जग्गा घाँसको लागि वार्षिक ४० हजार रकम भाडामा लिइसकेका छौँ ।’

अहिले तत्कालको लागि उक्त जग्गामा घाँस लगाई सकिएको छ । त्यो जग्गाले घाँस पर्याप्त नहुने भएकोले अरु जग्गा पनि घाँस लगाउनको लागि खोजिराखेको छ । तत्कालको लागि दुई जना गाई हेरालु खटाइएकको छ ।

जर्सी गाईबाट स्थानीय गाई र भैँसीको भन्दा बढी दूध उत्पादन हुने र फाइदा हुने भएपछि जर्सी गाई पालन गर्न लागेको सहकारीले जनाएको छ । एक जर्सी गाईले दैनिक १० देखि १५ लिटर सम्म दूध दिने गरेको पशु शाखाका सहायक प्राविधिक ठानबहादुर आलीले बताउनुभयो । ‘तर होलस्टे जातको जर्सी गाईले भने २३ लिटर सम्म दूध दिने गर्दछ’ आलीले भन्नुभयो, ‘उक्त जातको एक दूधालु लिएका छाँै ।’

अहिले बजारमा दूधको माग बढिराखेको छ त्यसलाई पूर्ति गरिदिने र दूध बिक्री गरेर सहकारीलाई आयस्रोत गर्ने उद्देश्यले उन्नत जातको जर्सी गाई पालन गर्न लागिएको बताइएको छ ।

जर्सी गाई पालन गर्नुका साथै लोकल कुखुरा फर्मको लागि तयारीमा जुतिराखेको छ ।

अहिले लोकल कुखुरा फर्मको लागि साढे ३ लाख रकम छुताइएको छ । लोकल कुखुराको अण्डा, चल्ला र कुखुरा उत्पादन गरी बिक्री गर्ने सहकारीका अध्यक्ष रोकाले जानकारी दिनुभयो । अहिले बजारमा अरु कुखुराको बजारीकरण भइराखेकोले उक्त बजारी कुखुराले स्वास्थ्यका लागि राम्रो मानिएको छैनन् ।

लोकल ग्रामिण उत्पादनलाई राम्रो मानुका साथै पोषकत्व हुने गरेको बताइएको छ । त्यसको उत्पादनलाई बृद्धि विकास गर्नमा लागेको सहकारीले जनाएको छ ।

Facebook Comments