• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
त्रिवेणी बन्यो जातीय छुवाछुतमुक्त गाउँपालिका




रुकुम पश्चिमको त्रिवेणि गाउँपालिका जातिय छुवाछुत मुक्त तथा समाजिक सद्भाव युक्त गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकामा कुनैपनि खालको जातिय छुवाछुत नरहेको भन्दै शुक्रबार एक कार्यक्रमका विच गाउँपालिकालाई जातिय छुवाछुत मुक्त तथा सामाजिक सदभाव युक्त गाउँपालिका घोषणा गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी शम्भुप्रशाद रेग्मीले गाउँपालिकालाई जातिय छुवाछुत मुक्त घोषणा गर्नुभयो । गाउँपालिकाका सार्वजनिक धारा, कुवा तथा भौतिक संरचना प्रयोग र प्रवेशमा विभेद नरहेको, सवै जात जातिहरुको मन्दिरमा साझा पहुँच रहेको, जातीय कारणले चुलो, भान्सा तथा खानपानमा छुवाछुत नरहेका कारण गाउँपालिकालाई छुवाछुत मुक्त घोषणा गरिएको गाउँपालिकाको भनाई छ ।

त्यस्तै गाउँपालिकामा बालिघरे प्रथा उन्मुलन हुँदै जानुका साथै परम्परागत जातीय सिपमा आधारित कामहरुमा सम्मानजनक व्यवहार बृद्धि र कानुनले सामाजिक अपराधका रुपमा लिएको जातीय भेदभावलाई गाउँपालिकावासीले बुझ्दै गएको गाउँपालिका अध्यक्ष झक्कुप्रसाद घर्तीले बताउनुभयो ।

जातिय छुवाछुत मुक्त घोषणा कार्यक्रममा घोषणपत्र प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष झक्कुप्रशाद घर्तीले यस सम्बन्धी बिभिन्न नीति तथा कार्यक्रम बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बाँफिकोट गाउँपालिका जिल्लाको पहिलो स्थानीय तहका रुपमा जातिय छुवाछुत मुक्त तथा सामाजिक सदभाव युक्त घोषणा भएको थियो । त्यस्तै जिल्लाको चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिका जातिय छुवाछुत मुक्त घोषणा भैसकेका छन् । त्रिबेणि गाउँपालिका जातिय छुवाछुत मुक्त घोषणा हुने जिल्लाको चौथो स्थानीयतह बनेको छ ।।

Facebook Comments