समयको मोर्चा सम्हाल्नुस माधव नेपाल कमरेड !

प्रकाशित मिति :  १६ जेष्ठ २०७६, बिहीबार

गोविन्द खड्का

अतिथि आषण ग्रहणको क्रम भंग गर्नुस् । एउटा कार्यक्रमा एक घण्टा वा ४५ मिनेट समय यसमै खेर जानेगरेको छ । कमरेड माधवकुमार नेपाल, तपाईले यसरी बोल्दा जेठ ६ गते प्रेस संगठन नेपाल दाङले आयोजना गरेको घोराहीकोे पत्रकार सम्मेलनमा सहभागि बौद्धिक वर्ग निकै हर्षित भयो, धेरैजना खित्का छोडी हाँसे । भनाई सर्ब स्वीकार्य लाग्थ्यो ।

यहाँले भन्नुभयो, उसलाई अतिथि बनायो मलाई बनाईन भनेर गुणासो सुन्नुपर्ने टाउको दुखाईको विषय बाट छुट्कारा पाउनुस् । त्यो भन्दा अघि म हुँ किन मेरो नाम पछि आयो भन्नेहरुबाट मुक्ति पाउनुस् । कमरेड वाद्यता यस्तो छ कि ? अध्यक्षले समापन गरीरहँदा पनि कतिपय अतिथिज्यूहरुको सवारी हुन्छ । उहाँलाई कार्यक्रम समापन गर्दा गर्दै भएपनि अतिथि आषण ग्रहण गराउनैपर्छ । तोकिएको समयमा उपस्थिति हुने चलन न्युन छ । सञ्चालकको ध्यान कुन ढोका बाट को पस्यो भन्नेमै हुन्छ । भुलचुक भए क्षमा माग्नुपर्छ । फरक फरक समयमा उपस्थिति हुने भएकाले मर्यादा क्रम मिलाउन सकिँदैन, त्यो अर्को समस्या छ । ठिक समयमा उपस्थित नहुनेलाइ आषण ग्रहण नगराउने नयाँ चलन शुरु गर्नै पर्ने भएको छ ।

तपाईको लामो भाषणमा सबै भन्दा धेरै जना खुशि भएको क्षण समयको व्यवस्थापन बारेमा बोल्दाको हो । खुल्दुली थिए । जिज्ञासाहरु राखिए । अरु नेताहरु सरह तपाईप्रति पनि धेरै प्रश्नको सोझिएका थिए । मलाई त त्यहि समयका बारेमा दिएको विचार मार्मिक लाग्यो । अहिलेको समृद्धिको सपना र त्यसको पुर्ति तपाईले पालना गर्नुस भनेको समय बाट मात्रै सम्भव छ ।

सम्माननीय पूर्व प्रधानमन्त्री एवं दुईतिहाइको सरकार नेपाल कम्युनिष्टपार्टि नेकपाका बरिष्ठ नेता, कमरेड यहाँले भन्नुभएको थियो, जति बजे भनिएको छ त्यति बेला काम नगर्नेहो भने हातको घडिको कामै छैन । फुकालेर फाले हुन्छ । घडि बाँध्नु नै त्यसमा समय हेरेर काम गर्ने हो । यति भनिरहँदा देश विग्रीएको र नागरीक बरबादी बन्दै गएको ठुलो कारण अभिव्यक्त हुन्थ्यो । आयोजक प्रेस संगठन नेपालले झण्डै ४५ मिनेट ढिला गरी कार्यक्रम शुरु गरेको थियो । त्यसको दोषी प्रमुख अतिथि नेपाल नभई आयोजक र सहभागि थियौँ ।

ठिक सात बजे निकै न्युन संख्या थियो, अतिथि बोलाएर कार्यक्रम चालुगर्ने अवस्था थिएन । साढे सात बजेतिर मात्रै शोभा हुने जतिको उपस्थिति देखियो र यहाँलाई बोलाईयो । यहाँले लामो प्रतिक्षाको घडि झेल्नुभए छ । कति बेला बोलाउलान् र जानेभनेर पर्खिनुभयो ।

यहाँले आफ्नो भनाइका क्रममा जोड दिनुभयो, दुर्घटना परे, बाटोका खाल्टा खुल्टीले गाडिको गतिलाई अबरोध ग¥यो वा बाटो बनाउने क्रममा अवरोध भयो भने बाहेक अतिथिले ढिला गर्नुहुन्न । हाम्रा देशका अति विशिष्ट र विशिष्टहरुले कमरेडले भनेको जस्तै गर्नुपर्ने अनिवार्य छ ।

यहाँको चलन जो प्रमुख अतिथि हेलीकप्टोर बाट आउँछ उसले सबैभन्दा बढि दुनियाँको समय बर्वाद गरेको छ । जो सरकारी गाडि बाट सेता प्लेड टल्काउँदै हुईकिन्छ त्यो समयमा कार्यक्रम स्थल कहिल्यै पुग्दैन । अगुवा पछुवाका नाममा बाटो किल्यर गर्ने साईरण सहितका सुरक्षा निकाएका गाडि उसैका हुन्छन् । कतै पनि अबरोध गर्न दिँदैनन् । तिनै अतिथिहरुले ठुलो संख्याका सहभागिालई घण्टौँ कुर्न वाद्य पार्दै आएका छन् ।

पढाई छोडेर कार्यक्रममा आएका बालवालिको दिन खेर जानेगरेको छ ।, ग्वाला घाँस छोडेर आएको किसान पशु चौपायाँ भोकै राख्छ । काम गर्ने लेबरको एक दिनको श्रम खेर जान्छ । उसले एक छाक भोकै बस्नुपर्ने हुन सक्छ । चाप्लुसी गर्न पुगेको सरकारी कर्मचारीले सेवा ग्राहीलाई दुःख दिनुपर्छ ।

उद्योग व्ययापार व्यवसायको महत्वपुर्ण काम चौपट गरेर सहभागि हुन्छन् । यसरी पेशा व्यवसाय गरी खानेले अतिथिहरुलाई कुर्दा कुर्दा ठुलो नोक्सान भएको छ । जसले गरी खानेलाई घाटा पार्दै ढिलो गर्छ उसले तलव, भत्ता, सरकारी गाडि, ईन्धन, मरमत, यता बस्दा खेरी आसे पासेलाई खाने बस्ने लाखौैँको सुविधा पाउँछ । उसैले ढिलो गर्छ । लामो समय देखि चल्दै आएको यो संस्कार विकासको बाधक छ ।

यसमा दोषि सेतो प्लेटमा घुइकीने मात्रै होईन अनाव्श्यकमा पुच्छर बन्न जाने पिछलग्गुहरु पनि छन् । ति कार्यकर्ता अगाडि पछाडि लागेर अवरोध गर्छन् । आफ्नो स्वार्थ अनुसार ठाउँ न कुठाउँमा स्वागतका नाममा बसाल्ने, घुमाउने, अन्तै लैजाने गरेको पाईन्छ । मुख्य काम एउटा हुन्छ दुनियाँ भरका काममा व्यस्त बनाईन्छ । यो शैलीलाई कम्युनिष्ट पार्टी र सरकारले बदल्न सक्छ कि सक्दैन ? यसैलाई निरन्तरता दिनेहो भने उहि चालाको नयाँ सरकार बन्ने छ । अर्को चुनाव पछि पुरानै शक्तिले जित्ने बेर लाग्ने देखिन्न ।

अब त झन् कवीन्टलको हिसावले नेताहरुलाई माला पहियाउने नविन चलनशुरु भएको देखिन्छ । त्यसले नेताहरुलाई दम्भि, पदलोभी, घमन्डी, विलासी र संविधान एवं कानुन भन्दा माथिको ठान्ने बनाएको छ । राजा महाराजको जयजयकार गरेजस्तै हरेक कार्यक्रममा स्वागतका नाममा निकै लामो लाईन बसालीन्छ र डोकाभरी हुनेजती फुलहरु थमाईन्छ ।

सुरक्षामा खटिएको पिएसओलाई निकै सम्हाल्न हम्मे हम्मे परेको देखिन्छ । त्यस क्रममा समयको नास हुन्छ । चिन्दै नचिनेका मान्छेले फुलको गुच्छा अर्पण गरेर के अर्थ ? मुख्य मान्छे एक दुईजनाले मात्रै स्वागत गर्ने शैलिको विकास गर्न यो कम्युनिष्ट सरकार तयार छ कि छैन ? यहाँले भनेजस्तै आफुले केहि पद पायो भने शक्तिशाली ठान्ने प्रबृत्ति झनै मौलाउँछ । म भन्दा ठुलो मान्छे अरु छैन भन्ने सोच्छ । बिगार्छ ।

अर्को उदाहरण दिनुभएको थियो, अरबको जनसंख्या रहेको चिनमा करोडौ पार्टि कार्यकर्ता छन् । त्यहाँको राष्टपति सिजीङपीङ प्रत्यक्ष कार्यकारी हो । विश्वको शक्तिशाली देशका कार्यकारी राष्ट्रपति पाँच सात जनाको टिम लगेर गाउँमा जान्छन् । त्यहाँ गएर बुढि आमाले पकाएको खान्छन् । गहिरीएर समस्या बुझ्छ । त्यहि अनुसारको निति कार्यक्रम बनाएर सिंगो देशभरी लागुगर्छ । हो कमरेड, नेपालमा कम्युनिष्ट पार्टिहरु सत्तामा उक्लिएको पनि त्यहाँकै सिद्धान्तले आडले हो ।

उतै बाट सिकेका थिए । नेपाली नागरीक अच्चमीत भएका छन् । हाम्रो देशमा राष्टपति निश्कने भन्ने खबर चुहियो नै सिंगै काठमाण्डौ त्रसीत हुन्छ । सडकमा सुरक्षा कर्मिले आतंक मच्चाउँछन् । सिठि र साईरनले ध्वनी प्रदुशन गर्छन् । एक आधा घण्टा आकाश खाली गराउँछन् । त्यसको नकारात्मक प्रभावले सिंगै विश्वमा तरंग पैदा गर्छ । धेरैका योजनाप्रभावित हुन्छन् । काम गर्ने म्याद गुज्रीन्छ ।

यसलाई कमरेडले łपिडादायी समय भन्नुभयो । सर्वसाधारण नागरीकको तर्फबाट यहाँलाई सलाम छ । एक जना राष्टपतिको फुर्ति र घमण्डले विरामीहरु अस्पताल जान पाउँदैनन्् । लाखौँ मान्छेहरुले आलोचना गर्छन् । सम्मान गर्ने भन्दा गालि गलैच गर्नेहरुको संख्या बढि हुन्छ । त्यसमा आलोचना गर्ने नागरीकलाई जेल ठोक्ने गरीन्छ । सामाजिक सञ्जालमा लेख्नेहरुलाई खोजी खाजी अपराधी बनाईन्छ । यस्तो लाजमर्दो चरीत्र सुधार गर्ने आँट कम्युनिष्ट सरकारमा हुनैपर्छ ।

कमरेडले यसको उचित निकास दिनुभएको छ, सडक एक लाईन किलेर गरेर हिड्न सकिने, आकाश खाली गर्नु नपर्ने भन्नुभयो । यहाँको भनाई सरकार मार्फत लागु गर्नुस् । करोडौ मान्छेहरुले जय जयकार गर्ने छन् । अमेरीकी राष्टपति वाराक ओवामा दुई वर्षे कार्यकाल पछि ओकालतपेशामा फर्केको यादै होला । हाम्रा राष्टपति डा रामबरण यादब शिक्षण वा उपचार पेशामा लाग्दा प्रथम राष्टपतिको हैसियत गुम्दैन । सरकारले उपलब्ध गराएको आवस लगाएत सुविधा अनुसार कमाई गर्नुपर्दैन र ? पुर्व गृहमन्त्रीहरुले राज्यलाई के उपलब्धी दिएका छन् र सेवा सुविधा लिने गरेका छन् ? कमरेडले भन्नुभयो, łसामान्य जिवन विताएर हाईट घट्दैन । यहि विचार व्यवहारमा लैजानुस् । काम नगरे खान नपाईने व्यवस्था लागुगर्नुस् ।

नागरीकले आशा गरेको कम्युनिष्ट सरकार गरी खाने वर्गहरुको हो । नत्र प्रतिबद्धता थोरै गर्नुस् काम धेरै देखाउनुस् । कुरा होईन व्यवहार खोज्छ भनेर स्थानिय सरकारका प्रमुख प्रतिनिधिहरुलाई यहाँले दिएको उपदेश व्यकम्मा हुन्छ । तपाई गफाडिको दर्जामै रहनुहुन्छ ।

पत्रकार सम्मेलनमा एक जनाले बोल्ने हो । कैयौ पत्रकार सम्मेलनमा सहभागि हजुर लगाएत उच्च तहका नेताहरुलाई भनिराख्नु नपर्ला । तपाइहरु बोलिरहँदा के बोल्छ भन्ने मात्रै हाईन, तपाई बोल्दा खेरीको हावभाव र अनुहारको रुप रग नियालेर कुरा बुझ्ने हो । बोल्दाको भावभंगीले कति सत्य र कति मिथ्या बोलेको छ भनेर अर्थ लगाउन सकिन्छ । त्यसबाट पत्रकारहरु बञ्चित छन् । प्रमुख अतिथिका वरपर र पछाडि साँखुल्ले बन्न पुगेका नेताहरुले अवरोध गर्छन् । अ

ध्यान गरीरहेका पत्रकारको ध्यान भग पारीदिन्छन् । प्रमुख अतिथि बोलेको हेर्नेकि उनिहरुले कन्याएको वा मुस्कुराएको देख्ने ? उनिहरुको बसाई तिर नजर जान्छ अनी खास कुरा आउन सक्दैन । कोहि खित्का छोडी हाँस्छन्, कतिले तपाईहरु बोलिरहेको कुरा गाँस्न लाग्छन् । यो नाटक बन्द गर्न अनिवार्य छ । एक जना बाहेक दुईजनाको मञ्चमा आवश्यक छैन । त्यो समयको बरबादी र पदको दुरुपयोग हो । ठुलो पदको वरीपरी वसे हामिलाई मान्छन् भन्ने भ्रमबाट नेताहरु मुक्त हुनैपर्छ ।

त्यसरी साँखुल्ले हुनेहरुको प्रसंग चासोको विषय होइन । तर अवरोध गर्न काफि मानिन्छन् । मञ्चमा बसीरहँदा बोझ बनेको देखिन्छन् । हुन त उनिहरु उच्च दर्जामा राखेको प्रति गर्वको महशुस गर्दा हुन् । कार्यक्रमको उद्देश्य अनुसार प्रमुख अतिथि बोल्ने हो, उसैले जवाफ दिने हो । अतिथि नबनाईकनै त्यसरी मञ्चमा उक्लिदा पदलोलुभ देखिन्छ र ओज घटाउँछ । सार्वजनिक सुनुवाइ कार्यक्रममा विषय गत प्रमुख बसे जस्तो पत्रकार सम्मेलनमा जरुरी हुन्न । त्यसैले कार्यक्रममा आवश्यकता अनुसार मात्रै मञ्चमा उक्लिने निती बनाउनुस् । सरकारको नेतृत्व गरेको पार्टीले यो विषयमा सर्कुलर गरे क्रान्तिकारी परिवर्तन हुनेछ ।

यहाँले पत्रकारका थुप्रै कमजोरीको उदाहरण दिँदै, मिडियालाई अलिकता नियनत्रण, अलि बढि अनुशासीत गराउन जरुरी छ भन्नुभएको थियो । तपाईले अपेक्ष गरेजस्तै सभ्य शब्दमै आलोचना गर्ने हो । केहि अपवाद बाहेक, विश्वसनियता र जवाफदेहि पत्रकारीतालाई मुल मर्ममानेर हामीले आत्मसात गरेकै हो । यहाँले भनेजस्तै सिष्ट भाषा शैलीले लेखिएको, भनिएको कुरा कतिपय नेता एवं व्यक्तिले बुझ्दैनन् । सुन्दैनन् । टेर्दैनन् । यहाँ जस्तै बौद्धिक र समझदार सबै हुँदैनन् । छैनन् । तिनिहरु नै निति नियम र विधिमा जान चाहाँदैनन् ।

त्यसकारण मिडिया अलि बढि चर्को, सभ्यताको सिमा मिचेको, ठाडो शैली प्रयोग गरेको पाइन्छ । यो धेरैका लागि वाद्यता भएको देखिन्छ । कम्तीमा निति नियम बनाउनेहरु ठिक हुनुपर्छ । मन्त्री क्वार्टरमा बसेर घर भाडाको रकम बुझ्ने, संविधान सभाको अध्यक्षले कार्यालय सहयोगीको नाममा कृते हस्ताक्षार गरेर तलव भत्ता बुझ्ने गरेको यहाँहरुलाइ अवगतै होला । ईन्धनको रकम बुझ्ने र तेलको कुपन पेश गर्नेपनि देख्नुभयो । माथि बाट त्यसरी लुटेकाले जिल्लामा आएर तेल हाल्न लगाएको होटल खर्च व्यहोर्न लगाएको पनि कतै छिपेको छैन । त्यसतो बेलामा अनि मिडिया र नागरीक शिष्ट बनिदिनुपर्ने हो भने कसैलाई स्वीकार्य हुँदैन । उनिहरुलाई कार्वाहि गर्ने सरकारले तत्परता देखाएन भने मिडिया सिष्ट बनिरहनुपर्छ जस्तो लाग्दैन । पार्टिका कार्यक्रमहरु बाटै शुरु गर्नुस । यहि सिष्टम बसेपछि मात्रै पनि यौटा ढोँगि युगको अन्त हुनेछ । यहाले भने जस्तै ठुलो क्रम भंगता देखिने छ । त्यसले देशलाई नयाँ छलाङ् मार्ने छ ।

Facebook Comments