• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रकाश रन्काले लिए मौलिकता बोकेको गीत ‘सिस्ने हिमाल’




नेपाली गीत संगीतमा प्रकाश रन्काले विभिन्न गीत बजारमा ल्याइराख्नु भएको छ ।
एक साता अघि मौलिक समेटिएको कौडा गीत “सिस्ने हिमाल” नामकको बजारमा ल्याउनु भएको हो ।

कलाकार सर्जकले विभिन्न परिवेशमा आधारित बनाएर गीत संगीत बजारमा ल्याईरहेका छन् । मौलिकतामा आधारित भएका गीतले श्रोता दर्शकको रुचिमा परिराखेको पाइन्छ ।

आफ्नै लेक बेँसी समेतेर गीत आउँदा श्रोताले खुसी व्यक्त गरेका छन् । रन्काको उक्त गीत मेशना डिजिटल म्युजिक प्रालिले अडियो÷भिडियो बजारमा लिएको छ । गीतले मौलिकतालाई प्रत्यक्ष झल्काएको छ ।

परम्परागत भेषभुषाको पोसाकमा सजिएर गरिएको भिडियोको गीतमा वन, पाखा, लेक, बेँसी त्यसैगरी हिमाल, खोला नाला चराचुरुङ्गी माया प्रिति लगायतको उकाली/ओरालीका शब्दमा उटारिएको छ ।

मौलिक शब्द संगीत अनि स्वर भएको यस गीतमा प्रकाश रन्का र सावित्री पुनको आवाज रहेको छ । गीतमा लय शब्द प्रकाश रन्काकै रहेकोे गीतको भिडियोमा अञ्जली चन्द ठकुरी लगायतको अभिनय रहेको छ । बिक्रम चौहानले निर्देशन रहेको सम्पादन मिलन बिश्वकर्माले गर्नुभएको छ ।

गायक रन्काले लोक तथा दोहोरी, आधुनिक, सिङ्गारु लगायतका गीत बजारमा ल्याउनुभएको छ । रुकुम घुम्न जाउँला, तकसेराको स्याउ खाउँला, लालिगुराँस लगायतको ६ दर्जनको हाराहारिमा उहाँले गीत बजारमा ल्याउनु भएको छ ।

बजारमा आउँने क्रममा पनि रहेको गायक रन्काले जानकारी दिनुभयो ।

Facebook Comments