• ११ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
तुलसीपुरमा खुल्यो सहुलियत जुसबार




दाङको तुलसीपुरमा सहुलियत जुसबार एण्ड रेष्टुरेन्ट संचालनमा आएको छ ।

मानव स्वास्थ्यलाई दृष्टीगत गर्दै तुलसीपुर क्षेत्रमा पहिलो पटक आधुनिक प्रविधि सहितको जुस तथा तास्ताका परिकार बनाउने मेशिनबाट तुलसी बोर्डिङ चोकमा संचालनमा आएको जुसबार एण्ड रेष्टुरेन्टको उद्घाटन तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष बिरेन्द्र कुमार शाहले गर्नु भएको हो ।

झण्डै बिस लाख लगानी रहेको जुसबार एण्ड रेन्टुरेन्टबाट एक सय पँचास जातका फलफुलको जुस तथा स्वेदेशी र विदेशी खाना,नास्ताका परिकारको सेवा प्रदान गर्ने लक्ष्य लिईएको संचालक नन्द प्रसाद डाँगीले बताए ।

उनले जुसबार तर्फ स्वदेश तथा विदेशमा पाईने एभोगेडा, ड्राईगन,किवी,बेल,भुइकटर,स्याउ, एलोभेरा, अमला, अनार, उखु, केरा, करेला, जमरा, सुन्तला, अंगुर, अम्बा लगाएत विभिन्न जातका फलफुलका सेक तथा जुस र रेष्टुरेन्ट तर्फ चिकेट सुर्मा, ढोसा, म.म.जापनिज, थाई, इटलियन लगाएत अन्य केही देशका खाना ग्राहको माग अनुसार तत्काल तयार गरी सेवा प्रदान गरिने बताए ।


पछिल्लो अवस्थामा जुस तथा खाना–नास्ताका परिकारमा स्वादिष्ट बनाउने बहानमा अखाद्य वस्तुको मिसावटले मानव स्वास्थ्यमा परेको प्रतिकुल असरलाई कम गर्न साहकारी र मांसहारी दुबैका लागि जुसबार र रेष्टुरेन्टको सेवा छुट्टा छुट्टै किचेनबाट प्रदान गरिने पनि उनले बताए ।

Facebook Comments