• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रुकुममा पहिलो अत्याधुनिक सिटी हल र सहिद पार्क बन्दैः सहिदहरुको सम्मान अब एउटै थलोमा




रुकुम पश्चिमको मुसीकोट नगरपालिका ५ सेरीगाउँमा ५ सय जना अट्ने अत्याधुनिक सिटी हल निर्माण हुने भएको छ । आगामी असार मसान्तसम्म काम सम्पन्न गर्ने गरी सिटी हल निर्माणको काम धमाधम भैरहेको छ ।

पूर्वाधार क्षेत्र विकास कार्यक्रमअन्तरगत सेरीगाउँमा सिटी हलसहित सहिद पार्क निर्माणको काम चलिरहेको छ । प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ को पूर्वाधार क्षेत्र विकास कार्यक्रमअन्तर्गत प्राप्त रकमबाट जिल्लामा हुने ठूला कार्यक्रमलाई लक्षित गरेर सिटी हल निर्माण गर्न लागिएको हो । यो नै रुकुमको ठूलो र आधुनिक सिटी हल हुने छ ।

सहिद प्रतिष्ठानको सामित्वमा रहने गरी ५ रोपनी क्षेत्रफलमा आधुनिक सिटी हलसहित आकर्षक पार्क निर्माण गर्न पूर्वाधार क्षेत्र विकास कार्यक्रमको ४ करोडमध्ये ३ करोड ६३ लाख ६९ हजार ९ सय ९९ छुट्याइएको छ ।

अहिले चरण चरणमा धमाधम काम चलिरहेको परियोजनाको कन्सल्टेन्टको काम हेरिरहेको नक्सांकन डिजाइन एण्ड कन्सल्टेन्टका इन्जिनियर शिशिर गौतमले जानकारी दिनुभयो ।

उहाँका अनुसार सभाहलको फाउण्डेशन र वाल निर्माणका लागि ८३ लाख ४५ हजारमा परिवर्तन श्रमिक सहकारी संस्थाले काम गरिरहेको छ ।

यसमा १० प्रतिशत सहकारीले श्रमदान गर्ने सहकारीका अध्यक्ष केदार गौतमले बताउनुभयो । त्यस्तै सभाहलको स्टिल स्टक्चर निर्माणका लागि १ करोड ५८ लाखको ठेक्का लागेको इन्जिनियर गौतमले बताउनुभयो ।

यसका अलवा पानीको फोहरा र बगैचासहितको पार्क निर्माणका लागि ८५ लाख ६० हजार १ सय ४७ र ३३ हजार लिटर क्षमताको अन्डरग्राउण्ड पानी ट्यांकी, सेफ्टी ट्यांकी र एउटा छुट्टै सामुदायिक हलका लागि ३२ लाख ५९ हजार ७ सय १८ रुपैंया विनियोजन भएको छ ।

५५ प्रतिशत बढी काम सम्पन्न भैसकेको छ । राजनीतिक परिवर्तनमा सहिदहरुले पुर्याएको योगदानको सम्मान गर्न सहिदस्मृति सभाहलसहितका संरचना निर्माण गर्नका लागि ठुलो रकम एकै ठाउँमा लगानी गर्न खोजिएको प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ले बताउनुभयो ।

ठाउँ ठाउँमा टुक्रे योजना हालेर कतै परिणाम नआउने अवस्थाको अन्त्य गर्न एकै ठाउँमा रकम केन्द्रित गरिएको उहाँले बताउनुभयो । यसले एकातिर सहिदको सम्मान हुने र अर्कोतिर बजेटको परिणाम पनि देखिने उहाँको विश्वास छ ।

Facebook Comments