कृत्रिम खुट्टाको सहारामा सगरमाथा चढ्ने हरि सरको साहस

प्रकाशित मिति :  ७ जेष्ठ २०७६, मंगलवार

गोविन्द खड्का

हजुरले सगरमाथा चढ्ने घोषणा गर्नुभयो । मैले हजुरलाई नियालीरहँे । तल देखि माथि सम्म हेरेँ । यो अवसर दुईपटक मिल्यो । होटल मालाईन र पतञ्जली योग हलमा । दुवै स्थानमा म हजुरको नजिकै बसेँ । त्रृmत्रिम खुट्टा जोड्नुभएका तपाईको बोलीमा आत्मवश्वास थियो ।

पुर्वतिरका पत्रकार संग मुखामुख गरेर बोलीरहँदा होटल मालाईनमा तपाई उपस्थित अरु सबै जस्तो सवलाङग देखिनुहुन्थ्यो । आँट, भोगाई, अनुभुतिहरु विल्कुलै नयाँ थिए । पत्रपत्रिकामा केहिदीन सम्म छाईरहे । तपाईको क्रित्रिम खुट्टा सहितको फोटो खिच्ने पत्रकारहरुले प्रस्ताव गरेपछि उठ्नुभयो । बाहिर निश्कनुभयो । होटल भित्र पस्ने केहि सिँढिहरुमा झर्न मुश्लि भयो । तपाई जस्ता उर्जावान मानव शक्तिको सम्मान गर्ने र पच्छ्याउने गोरखा पब्लीक स्कुल घोराहीका शिक्षक एवं लागु औषध विरुद्धका अभियान्ता वसन्तपुनको सहयोगमा झर्नुभयो ।

अर्को दिन अधिकांश विद्यार्थी सहभागी रहेको पतञ्जलीको योगहलमा तपाई प्रमुख अतिथिका रुपमा उपस्थित हुनुभयो । त्यहाँ पनि मञ्चमा उक्लिन तिन चारवटा सिंढि चढ्नुपर्दथ्यो । त्यो पनि हजुरका लागि सहज थिएन । आयोजकले आड दिएर मञ्चमा उकाले र ओराले । यी दुई वटा प्रसंग सम्झिन्छु र विश्वको शिखर सगरमाथा चढ्ने आँट संग तुलना गर्छु । कता कता असम्भव लाग्छ । शाहसिक र गर्विलो मन्तव्यकै क्रममा अपांगता मैत्री नभएको गुणासो गर्नुभयो । तपाईको जिन्दगीका कहानी सबै जसो हिमाल चढे भन्दा कम छैनन् । अनि सबै कुरा सुनेपछि लाग्छ गजबले चढ्नुहुन्छ । जानुस्, हाम्रो शुभकामना छ ।

यतिले मात्रै त मलाई निकै आश्चर्य चकित पारी सक्नुभएको थियो । अहिले तपाई वेलायतमा व्यापार गर्नुहुन्छ । सगरमाथा बाट ओर्लेपछि त्यहि पेशा अंगाल्नुहुने छ । अहिले चालीसमा टेकदै गरेको उमेर सगरमाथा चढ्न उपयुक्त छ । बाँकि उमेरमा व्यापार व्यवसाय मेलखान्छ । यत्रो विश्वास तपाईमा कसरी आयो ? यो भन्दा ठुलो हौसला र हामि सबैका लागि प्रेरणा अरु हुने छैन र हुनै सक्दैन । जुनदिन तपाई सगरमाथामा नेपालको झण्डा फहराउनुहुनेछ । दुवै खुट्टा गुमाएको व्यक्तिले सर्बोच्च शिखर टेक्नुहुने छ । त्यो हर्षको आँधीले दुनियाँका सारा रुन्चे मनहरुमा रहेका दागहरु उडाएर लैजानेछ ।

समाजमा अनेक भाँतिका कुरा चल्छन् । तपाइको विषयमा पनि अनेर्को चर्चाहरु बजार भरी सुनिन्छन् । पहिलो कुरा त यत्रो विश्वास कसरी आयो भन्नेहरुको बाहुल्यता छ । त्यसपछि सम्भव होला त ? मान्छेहरु सोध्न थालेका छन् । अर्कोथरी मान्छेको जमात भेटिन्छ त्यत्रो खर्च गरी किन चढ्नु पर्ने ? त्यो रकम त अरु काममा लगानी गरे कति हुन्थ्यो । अन्तिम भनाई मनि माइन्डेटबाट प्रेरित छ । मानव स्रोत सबै भन्दा ठुलो सम्पती हो भन्नेहरुको बहुमत देखिन्छ । उनिहरु सफल यात्राको शुभकामना दिईरहेका छन् । तपाइ धेरै मान्छेको मनोवल उकास्नकै लागि जिवनको वाजी थाप्नुभएको छ । तेन्जीङ नोर्के र सर एडमण्ड हिलारीको जस्तै अनिश्चितको यात्रा छ । सफलता उनिहरुले भन्दा बढि तपाईबाट पाईने विश्वास गर्न सकिन्छ । कल्पना पनि गर्न नसकिने कुरा व्यवहारमा बदल्न खोज्नुभएको छ ।

ब्डुङ् को आवाज तपाइको कानमा नपुग्दै दुवै खट्टा घुँडा भन्दा माथि बाट छुटिइ सकेका रहेछन् । अन्तिम सास रहुञ्जेल दुश्मण संग लाड्छु भन्ने शहासका साथ योद्धमोर्चामा खटिनुएको थियो । जति बेला तपाई विद्युतिय धरापमा पर्नुभयो दुश्मण देख्नै पाउनु भइन, बचेको जिवन कस संग लड्नु ? तपाई अस्पतालमा भर्ना हुनुभयो । कमाइका लागि लड्न जानुभयो । त्यहाँको कमाईबाट मुलुकलाई लाभ हुन्थ्यो । गोरखाली विरको चिनो पनि राख्नुभयो । कमाउन पुगेपनि भाँडा माझ्न होइन विरता र शहासका लागि बन्दुक बोक्नुभयो । यस्ता केयौँ शाहसी व्यक्तिहरु छन् । तपाईको चर्चा विशेष रुपमा हुनुको कारण फरक छ ।

त्यो अप्रत्यासित घटना बाट तपाई पनि विछिप्त हुनुभयो । केही समय रक्सीको सहारा लिनुभयो । दुई खुट्टा गुम्दा संसार हराएको महशुस गर्नुभयो । अनि रक्सी खाँदा खाँदा हातखुट्टा काँप्न थाले । अनि तपाईले सोच्नुभयो, म त मर्छु तर मेरा वावा आमा वुढी छोरा छोरी छन् । तिनलाई दालभात ल्याउने म एउटा हुँ । म पनि मरे यीनको के हाल हुन्छ ? रक्सीले मात्रै पार लगाउन सकिन । तपाईले अनुभव गर्नुभयो मर्न मन लागेपनि डर लाग्ने रहेछ । खेलको शौखिन व्यक्ति हुनुहुन्छ, १५ हजार फिट माथी बाट हाम फाल्नु पर्ने भयो । खुट्टा हुँदाको भन्दा तरीका फरक थियो, तर मनोरञ्जन उत्तिकै लाग्यो ।

आँट गरे सकिँदो रहेछ भन्ने विश्वास दिमागमा किल्क भयो । सकारातमक नकारात्मक सोचाई पो ठुलो शक्ति हो भन्ने ज्ञानको तेस्रो आँखा खुल्यो । तपाईको मुख्य मन्त्र छ, सकारात्मक सोच भयो भने जीत जीत जीत फेरीपनि जीत । दौड्नसके दौड्नुस, नसके हिड्नस त्यति नसके क्रोलिङ गर्नुस् । यहि हो सफलता । यसरी तपाई बोलिरहँदा छलकपट थिएन । बढाई चढाइ पनि गरेजस्तो लागिन । बोलेका कुरामा धेरै विश्वास लाग्ने वातावरण सिर्जना गर्नुभयो ।

निकै तिता अनुभुति संगाल्नुभएको छ । तिनले पिडा होईन नयाँ ताजा ज्ञान दिएका छन् । व्यवहार बाटा पाको बन्दै गर्नुभएको छ । दशैमा टिका लगाउँदा खुटा नदेखिने गरी टावेल ले ढाकिनथ्यो, त्यो तपाई मन परेन । पाईन्ट लगाए देखिन्नथ्यो भाई भनेर कसैले सुझाव दिनुभयो त्यो कुराले मुटुमा काँडा सरी घोच्यो । त्यो कुराले घाउ चहरायो । पिडाको महशुस गरायो । त्यसमा ग्लानी गरेर रुने, विच्छिप्त हुने झोक्रिने गरेको भए सायद अहिले भेटहुने थिएन ।

अरु जस्तै बनेपछि, त म हरी भन्ने छुटै व्यक्ति भएन । दुवै खुट्टा गुमाएको हरी खोज्नेले किन देख्न नपाउने । कसैले यो त केहि नभएको सद्दे मान्छे रहेछ भनेपनि केहि बेर मात्रै झुक्किने हो । त्यसरी अरुलाई ढाँटेर कति दिन सम्म लुकाउन सकिन्छ ? भित्र भित्रै झन् बढि पोल्छ । म हरी बुढा हो, अरु बन्न चाहान्न । क्रित्रीम खुट्टा छ बाहिर ढाँट्न खोजेपनि भित्र आफुलाई कसरी भुलाउनु । बरु त्यहि खुटालाई माया गर्नुपर्छ । आफैलाई माया नगर्नेले अरुलाई गर्न सक्दैन । यसरी तपाईका विचार धारा पर्वाहका साथ ओइरीँदा तालिको गडगडाहटले स्वागत पाउनुभयो । सैयौै व्यक्तिले एक मतका साथ हर्ष बढाई गरेका थिए ।

रोल्पामा खाली खुटा हिडेको व्यक्रि युकेमा रेयल स्टेटको व्यापार गर्छ । यो आफैमा अनौठो प्रसंग छ । साठीहजार पाउण्ड डलर पर्ने क्रित्रिम खुटा छन् । यसको नेपाली मुल्य करोड बाढि पर्छ । नोपालीको पहुँच बाहिरको कुरा हो । आधा घण्टा बोलेपछि अरु देशमा लाखौँ कमाई हुन्छ । आफ्नो देशमा केहि गरौँ भन्ने भावना छ । हिमालय फुलवारी मावि टुटु आफु पढेको विद्यालयमा केहि गर्ने सोँच छ । गोरखा ग्रुपमा लागेर विदेश पढ्ने बच्चाहरुलाई समेत नेपालमा बस्नुपर्छ । यहिँ पनि सबै छ भन्ने सन्देश दिन चाहनुहुन्छ ।

आफुलाई चिन्नुस, खुशी पैसाले आउँदैन । मन परेको काम गर्नुस् त्यहि बाट प्राप्त हुन्छ ।

मिरुलको वर्खे गोठमा २०३६ साउन १४ गते जन्मीनुभयो । त्यस बेला खाली खुट्टा ४५ मिनेट पैदल हिडेर स्कुल जानुहुन्थ्यो । कापि थिएनन् । खरीले पार्टीमा लेख्न सिक्नुभयो । कक्षा ५ मा पुग्दा अंग्रेजी पढ्न थाल्नुभयो नाम लेख्न आउँदैन्थ्यो । कक्षा आठ जिल्ला स्तरीय हुन्थ्यो फेल हुनुभयो । यसरी बढेको जीवन अहिले अंग्रेजीमा विश्वका विकसीत देशका ठुला मञ्चबाट भाषण दिनुहुन्छ । तपाईको स्तरीय भाषणले कैयौलाई सकारात्मक प्रभाव पार्नुभएको छ ।

पत्रकार संग बस्दा जिवन व्यवहारका अन्य कुरालाई जोड दिनुभएको थियो । जव विद्यार्थीको वाहुल्यता देख्नुभयो तपाईको शैली फरक भयो । उनिहरुलाई पनि रोचक हुने र ज्ञान दिनेमा जोड गर्नुभयो । आफुले ११ बर्षमै विवाह गर्नुपरेको छ अहिले छोरी विश्वविद्यालयमा पढाउनुहुन्छ । दुनियाँ बुझ्ने कला हजुरमा छ । त्यहि अनुसार व्यवहार गर्ने विवेक रहेछ । तपाईले सोचे भन्दा फरक तरीकाले परिस्थिति अघि बढेको भने पक्कै हो । अन्तिम सास रहुन्जले लड्ने आँट बोकेको विरलाई अपांगता भएर ज्युनुपर्ने वाद्यता कल्पना बाहिरको थियो । सबै सपनाहरु शाकार हुँदैनन् । सपना देख्नै छोड्नेहरु अस्तित्वमा रहँदैनन् । सपना नदेख्नेहरुको जीवन हुँदैन । त्यो मृत्यु बाट पार पाई सक्नुभएको छ । विश्वको अग्लो शिखर चढ्ने ठुलो सपना देख्नुभएको छ । हाम्रो ध्यान तपाईतिर केन्द्रित भएको छ ।

सर्वत्र चर्चा र सम्मानका श्वर गुञ्जाउन आतुर छौँ । जवानीको १५ बर्ष व्रिटिशलाईदिनुभयो । १७ अप्रिल २०१० का दिन दुवै खुट्टा पनि त्यहिँ छोडेर आउनुभयो । बाँकि नाफाको जीवन बहुउपयोगी बनाउने कल्पना गर्नुभएको छ । आँट, विश्वास र लगानी केन्द्रित गर्नुभएको छ । तपाई संगको भेटले मलाई नयाँ अनुभुति मात्रै दिएन, अल्छी पनाले लज्जीत भएको छु । तपाईले अलि बढि काममा खट्ने तागत दिनुभएको छ । तपाई सगरमाथा चढेको खबरले सिंगो संसारलाई उर्जा दिने छ ।

शरीको एउटा अंगले मात्रै काम गरेपनि धेरै गर्न सकिन्छ भन्ने स्टेफन हकिंस वैज्ञानिकले सन्देश दिनुभएको छ । हात गोडा गलेपनि जीवन छ भन्नेकुरा कृष्ण ओलीको परीवारले शिक्षा दिईरहेको छ । तपाईले सगरमाथा चढेपछि सबै गर्न सकिने छ भन्ने विश्वजगतलाई सिकाउनेछ, सफलताका लागि हार्दिक शुभकामना हरी बुढामगर सर ।

Facebook Comments