• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गोरखा माबिलाई टि.टि बोर्ड




दाङ जिल्ला टेवल टेनिस संघले गोरखा माबि तुलसीपुरलाई टि. टि.वोर्ड प्रदान गरेको छ ।

संघले मंगलबार एक कार्यक्रमको आयोजना गरी गोरखा मा. वि.का प्रिन्सिपल बिजय जि.एम. खेलकुद संयोजक मोहन सु्नार लगाएतको गोरखा टिमलाई जापानी प्रविधी बाट निर्मित स्टेग कम्पनीको दुई लाख पँचास हजार बराबरको टि.टि.बोर्ड प्रदान गरेको हो ।

विद्यालय स्तर बाट टेवल टेनिस खेलको विकास र विस्तार गर्ने उदेश्य राखेको संघले खेल पुर्वाधार विकासमा लगानी र गतिविधीका माध्यम बाट जिल्लामा अब्बल रुपमा आफु्लाई प्रस्तुत गर्दै आएको गोरखा मा.वि. लाई टि.टि बोर्ड प्रदान गरिएको संघका अध्यक्ष सिताराम शर्माले बताए ।

गोरखा माबिले एथ्लेटिक्स, फुटबल, क्रिकेट लगाएतका खेलमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गरिसकेको छ, खेल विकासमा यसको भुमिका उच्च छ, अव टेवल टेनिस खेलमा पनि राष्ट्रिय खेलाडी उत्पादन हुनुपर्छ भन्ने मान्यताका साथ टि. टि. वोर्ड प्रदान गरेका छौ शर्माले भने ।

गोरखा मा.वि. का प्रिन्सिपल विजय जिएमले खेल विकासको हाम्रो सोचमा संघले पु¥याएको सहयोगले थप उर्जा प्रदान गरेको बताए । उनले संघले हाम्रो विद्यालय प्रति देखाएको मायाँ र विश्वासले प्रभावकारी खेलगतिविधीको अभियानलाई अझ उचाईमा पु¥याउने प्रतिवद्धता समेत व्यक्त गरे ।

खेल संयोजक मोहन सुनारले विद्यालयको पुर्ण खेलमैत्री भावनामा संघको सहकार्यले थप हौसला प्रदान गरेकाले सिंगो दाङ जिल्ला टेवलटेनिस संघ प्रति अभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा दाङ जिल्ला टेवल टेनिस संघका उपाध्यक्ष ऋषि राज लहरे (अरुण), टेवल टेनिस सहायक प्रशिक्षक केशव प्रसाद श्रेष्ठ, संघका सदस्य तथा खेलकुद पत्रकार मञ्च दाङका अध्यक्ष लक्ष्मण बस्नेत, विद्यालय व्यवस्थापन समितिका उपाध्यक्ष डोर बहादुर जि.सी., विज्ञान संकाय संयोजक विष्णु भण्डारी, शिक्षक पुर्ण विक्रम डाँगी, बामदेव साप्कोटा लगाएतको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन विद्यालयका शिक्षक कमल भण्डारीले गरेका थिए ।

Facebook Comments