• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
व्यक्तिले बनाइदिए सवा लाखको मन्दिर




रुकुम (पूर्व) भूमे गाउँपालिकाका एक परिवारद्वारा समुदायका लागि बराहा मन्दिर निर्माण गर्नुभएको छ । वडा नम्बर २ दहबाङका टेकबहादुर बुढाले आफ्ना स्वर्गीय बुवा, आमा र श्रीमतीको नामबाट उक्त मन्दिर बनाउनु भएको छ । दहबाङ स्थित कोइजरा भन्ने ठाउँमा मन्दिर बनाइएको छ त्यस ठाउँमा परापूर्वकाल देखि वर्षको दुई पटक पूजा गर्ने गर्दछन् ।

बुवा, आमा र श्रीमतीको सम्झनामा समुदायका लागि चिनोका रुपमा मन्दिर निर्माण गरेको बुढाले बताउनुभयो ।

‘निर्माण आफ्ना स्वर्गीय आफन्तहरुको नाममा गरे तर यो सबै जनताको सम्पत्ति हो’ बुढाले भन्नुभयो, हरेक वर्ष पूजा गर्ने गर्दछन् तर मन्दिर छैन् पूजाको दिनमा हामी गाउँले मिलेर मन्दिर बनाउनु पर्छ भन्ने छलफल चल्थ्यो अनि मन्दिर बनाउनेमा कोहि जुट्नु भएन उहाँले भन्नुभो मेरो आत्मीयहरु प्रति समर्पित भएर बनाए ।

बुढाले गत शनिबार बैशाख पूर्णिमाको अवसरमा निर्मीत मन्दिरको उद्घाटन कार्यक्रम गर्नुभयो । उद्घाटनको दिन जनप्रतिनिधि सहितको सबैलाई बुढाले निमन्त्रणा गर्नुभएको थियो । मन्दिर उद्घाटनको दिन सहभागि सबैलाई खानपिनको व्यवस्था गर्नुभएको थियो ।

लम्बाई चौडाई दुई÷दुई मिटर र उचाई तीन मिटरको आरसीसीवाला मन्दिर बनाईएको छ । बराहाका देवताका मूर्ति तथा मन्दिरका सामाग्रीले सजाइएको छ । निर्माण देखि लिएर उद्घाटन सम्मको कार्यक्रम गर्दा एक लाख पच्चीस हजार रकम खर्च लागेको बुढाको पारिवारीकले जनाएको हो ।

प्रत्येक वर्ष बैशाख पूर्णिमा र ऋषि पूर्णिमाको अवसरमा बराहा देवताका लागि पूजा गर्ने गरेको स्थानीय ७८ वर्षीय बृद्ध हर्कमान बुढाले जानकारी दिनुभयो । कान नसुन्ने, आँखा घुम्ने, ताउकोे दुुख्ने खालका बिरामी परेमा यस ठाउँमा बराहा देवताको नाममा पूजा गरेपछि उक्त समस्या टरेर जाने विश्वासले पूजा गर्ने गरेको बृद्ध बुढाले सुनाउनुभयो ।

पूजा सकेर बराहा देवता समक्ष वरदान माग्ने र आशीर्वाद लिने गर्दछन् । जलजलामा गरिराखेका पूजाका शाखाका रुपमा गर्ने गरेका छन् । अब स्थानीय सरकारले यसलाई घेरबार गरी संरक्षण र प्रवद्र्धन गरेर पर्यटकीय गन्तव्य गर्नुपर्ने बुढाले बताउनुभयो छ । अब देखि मन्दिरमा पूजा गर्न पाएकोमा स्थानीय हर्षित छन् ।

Facebook Comments