• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कर्णालीका किसानलाई भैसी अनुदान




कर्णाली प्रदेश सरकारले व्यवसायिक किसानहरुलाई भैंसी वितरण गरेको छ । दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी व्यवसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भैंसी वितरण गरेको हो ।

मन्त्रालयले बराहताल गाउँपालिका १० ओदानतालका ४० कृषकलाई एक/एक वटा भैंसी हस्तान्तरण गरेको हो । कृषकमा आधारित भैंसीपालन व्यवसाय कार्यक्रम अन्तर्गत सुर्खेतका कृषकहरुलाई भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुर्खेतको सहजीकरणमा भैंसी हस्तान्तरण गरिएको हो ।

भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जनज्योति कृषि तथा पशु सहकारी संस्था ओदानतालका सदस्यहरुलाई भैंसी हस्तान्तरण गर्नुभयो । कर्णाली प्रदेश सरकारको रु. ५० लाख, कृषकको रु. १० लाख, वराहताल गाउँपालिकाको रु. ५ लाख र लागत सहभागिताको रु. ५ लाख गरी ७० लाखमा भैंसी खरिद गरेर वितरण गरिएको सहकारीका अध्यक्ष ईश्वरभक्त सुनारले जानकारी दिनुभयो ।

अध्यक्ष सुनारका अनुसार भैंसी कैलालीबाट खरिद गरि ल्याइएको हो । सहकारीले खरिद गरेका ती भैंसी किसानलाई गोलाप्रथा मार्फत छनौट गरिएको थियो । सहकारीका अध्यक्ष सुनारका अनुसार १५ भैंसी दुहुना रहेको तथा वितरण गरिएका भैंसीको सहकारीले बिमा गरिदिएको छ ।

भैंसी वितरण कार्यक्रममा मन्त्री केसीले किसानको आयआर्जनमा वृद्धि गर्न प्रदेश सरकारले आगामी वर्ष पनि यस्ता कार्यक्रम निरन्तरता दिने बताउनुभयो । भैंसीको स्रोत केन्द्रका रुपमा सुर्खेतलाई विकास गर्नुपर्छ, यसका लागि किसानहरुले व्यवसायिक घाँस खेतीमा जोड दिनुपर्छ, उहाँले भन्नुभयो, आगामी वर्षको बजेट किसानमुखी भएर बजेटको विनियोजन गरिनेछ ।

सरकारले कृषिमा दिने अनुदान दुरुपयोग नगर्न आग्रह गर्दै भन्नुभयो, भैंसीपालन गरेर आयआर्जन गर्नुस् तर, अनुदानमा पाएका भैंसीलाई बिक्री नगर्नुस । अनुदानको भरपुर सदुपयोग गर्नुहोस, अव सरकारी अनुदानलाई गरिव किसानले खोज्ने भन्दा सरकार गरिव खोज्दै जान्छ उहाँले भन्नुभयो ।

Facebook Comments