• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमेमा सर्वपक्षीय सुझाव संकलन




रुकुम (पूर्व) भूमे गाउँपालिकाले सर्वदलीय–सर्वपक्षीय सुझाव संकलन कार्यक्रम गरेको छ । आगामी आर्थिक वर्ष २०७६/०७७ को लागि वार्षिक नीति बजेट तथा कार्यक्रम तर्जुमा कार्यक्रमका लागि सुझाव संकलन गरेको हो । पालिकाले पहिलो पटक सर्वदलीय–सर्वपक्षीय सहितको सुझाव संकलन कार्यक्रम आयोजना गरेको हो ।

“सर्वदलीय–सर्वपक्षीय सुझाव संकलनले आगामी आर्थिक वर्षका लागि नीति बजेट तथा कार्यक्रम सही योजना छनौट गर्न पालिकालाई सहयोग मिल्नेछ” भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो । सबैको सहभागीतामा विकास होस् र सर्वदलीय–सर्वपक्षीयको सल्लाह, सुझावबाट योजना तर्जुमा तय गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको अध्यक्ष बुढाले जानकारी गराउनुभयो ।

‘कृषि, पर्यटन र जलस्रोतलाई विकास गरेर भूमेलाई आय आर्जन गर्न मुख्य प्राथमिक्ता राखेका छाँै’ उहाँले भन्नुभो, ‘विभिन्न विकासका कामहरु अगाडि बढाएका छौँ, साथै आजका सहगभागिहरुको सल्लाह सुझाव समेतेर थप कार्यक्रमहरुलाई पूर्णता दिन टेवा पुग्ने छ ।’

आगामी २०७६/०७७ को बजेट तर्जुमाका लागि श्रोत अनुमान पालिकाको बजेट ३३ करोड ७१ लाख ४४ हजार रकम सिलिङ रहेको र सीमा निर्धारण समितिको सिफारिशका आधारमा उल्लेख गरिएको छ । त्यसैगरी वडागत बजेट सीमा निर्धारणको मापदण्डका अनुसार नौ वडामा जम्मा ५ करोड ९९ लाख ९९ हजार रकम अनुमानित सिलिङ तयार गरिएको छ । बजेट निर्धारण विभिन्न मापदण्ड अनुसार वडाहरुले बजेट प्राप्त गर्ने छन् । जस अनुसार वडा नम्बर ९ ले ७५ अङ्क पाएर सबै भन्दा बढि अङ्क प्राप्त गरेको छ, भने वडा नम्बर ४ ले सबै भन्दा कम ४३ अङ्क पाएको छ ।

सबैको समन्वयमा विकट ठाउँ तथा क्षेत्रका बासिन्दाको आवश्यक्ता अनुरुप विकास निर्माणलाई प्राथमिक्तामा राखि योजना बजेट विनियोजन गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का जिल्ला अध्यक्ष मेघबहादुर श्रेष्ठले सुझाव व्यक्त गर्नुभयो । कृषि उत्पादन र पर्यटनको विकासमा बढि जोड दिनु पर्ने अध्यक्ष श्रेष्ठले बताउनुभोे ।

पालिकाका गतिविधि टोल–टोलमा छिटोछरिटो सूचना प्रवाह गर्नुपर्ने उहाँले सुझाव राख्नुभयो । त्यसैगरी रुकुम (पूर्व) नेपाली काँगे्रसका महाधिवेशन सदस्य नन्दबहादुर विष्टले नीति नियमको पद्धतिमा टेकेर काम गर्न पर्ने आफ्नो भनाई व्यक्त गर्नुभयो ।

विकास निमार्णमा सबैको सहभागितालाई समेतेर विकास गर्नुपर्छ यदि समेट्न नसके द्धन्द्धको वातावरण सिर्जना हुन्छ, त्यसैले सबैलाई मानवीय सेवा सुविधाको विकाससँग–सँगै चेतनाको विकास आवश्यक पर्छ र त्यसको लागि शिक्षालाई प्राथमिक्ता राख्न सुझाव दिनुभयो ।

प्राकृतिक स्रोत साधनलाई उत्खनन् गर्ने, शिक्षा, स्वास्थ्य, सडक कृषिलाई प्रथाथमिक्तामा राखि योजनाका लागि बजेट वियोजन गर्नुपर्नेमा सम्पूर्ण सहभागिले जोड् दिएका छन् । कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, शिक्षक, बुद्धिजिवि लगायत सर्वसधारणको उपस्थित रहेको थियो ।

Facebook Comments