• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सुविधासम्पन्न निजी विद्यालय छाडेर मेयरकी छोरी सरकारीमा भर्ना




रुकुम पश्चिम चौरजहारीका नगर प्रमुख बिशाल शर्माले छोरीलाई सरकारी बिद्यालयमा भर्ना गरेका छन् । नगर प्रमुख शर्माले छोरी सुधा शर्मालाई सरकारी बिद्यालयमा भर्ना गरेका हुन् ।

उनले छोरी सुधालाई एन्जल्स बोर्डिङ स्कुल नेपालगंजबाट निकालेर चौरजहारीको शितल माविमा भर्ना गरेका हुन् । नगर प्रमुख शर्मा बिद्यालयमा पुगेर छोरीलाई कक्षा ७ मा भर्ना गरेका हुन् ।

सुधा शर्माले बोर्डिङबाट कक्षा ६ पास गरेकि हुन् । नगर प्रमुख शर्माले आफ्नो छोरीलाई सरकारी बिद्यालयमा भर्ना गरेपछि भने समाजमा सकरात्मक सन्देश जाने बिश्वास लिइएको छ ।

आफ्नो बिद्यालयमा नगर प्रमुखले छोरी भर्ना गरेपछि खुसि हुँदै शितल माध्यमिक बिद्यालयका प्राचार्य गणेश रिजालले भने मुख्य मान्छेले नै सरकारी बिद्यालय प्रतिको कर्तव्यबोध गर्ने हो भने सरकारी बिद्यालय प्रति समुदायको घट्दो बिश्वास बढ्नेछ ।

उनले भने नगर प्रमुखले आफ्नो छोरीलाई सरकारी बिद्यालयमा भर्ना गर्नुभएको छ यसले निजि बिद्यालयमा आफ्ना छोराछोरी पढाइ रहेका सरकारी कर्मचारी तथा जनप्रतिनिधिलाई दबाब पुग्नेछ । यसरी सरकारमा रहनेहरुले नै सामुदायिक बिद्यालयमा पढाउने हो भने राज्यको नीति निर्माणमा त सहयोग पुग्छ नै प्राचार्य रिजालले भने बिद्यालयको सबै क्षेत्र पनि पक्कै सुधार हुन्छ ।

नगर उप प्रमुख राधा रोकाका अनुसार नगरपालिकामा जनप्रतिनिधि तथा सरकारी कर्मचारीले आफ्ना छोराछोरी सरकारी बिद्यालयमा पढाउनुपर्ने कुनै निर्णय भएको छैन् , आफ्नो दायित्व सम्झेर सरकारी बिद्यालयमा पढाउनु राम्रो पक्ष नै हो ।

Facebook Comments