• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा पर्यटकीय सम्पदाहरुको प्रारम्भिक मस्यौदा तयार




घोराही उपमहानगरपालिकाले नगरको पर्यटकीय सम्पदाको अध्ययन अनुसन्धान सम्बन्धी प्रारम्भिक मस्यौदा प्रतिबेदन तयार पारेको छ । उपमहानगरको पर्यटन शाखा मार्फत सिप विकास तथा वाताबरण संरक्षण केन्द्र दाङले नगर भरीका विभिन्न पर्यटकीय सम्पदाहरुको अध्ययन गरी प्रारम्भिक मस्यौदा प्रतिबेदन तयार पारेको हो ।

केन्द्रले आज नगर स्तरीय पर्यटन प्रर्बद्धन समितिमा उक्त प्रारम्भिक मस्यौदा प्रतिबेदन बुझाएको छ । समितिका अध्यक्ष नरुलाल चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा अनुसन्धानकर्ता एवं संस्कृत विषयमा उपप्राध्यापक सुन्दर गौतमले नगर भित्र रहेका पर्यटकीय सम्पदाहरुको पहिचान, अबस्था र लगानी गर्नु पर्ने बिषयमा जानकारी गराउनुभयो ।

मस्यौदा प्रतिबेदनमा साँस्कृतीक, ऐतिहासीक, धार्मिक, प्राकृतिक, कृत्रिम, मेलाजात्रा, कृषि, ग्रामिण पर्यटन लगाएतका ६५ बढी सम्पदाहरुको ऐतिहासिकता, मान्यता, अबस्था र सम्भावनाहरुलाई समेटिएको जानकारी दिनुभयो ।

मठमन्दिर, ताल तलैया, भौगोलिकता, मनोरम दृष्य देख्न सकिने ठाउँहरु, जातिय संस्कृती, कृषिमा व्यवसायिकतालाई समेत हेर्न, घुम्न र रमाउने ठाउँकारुपमा विकास गर्न सकिने भन्दै अनुसन्धानकर्ता गौतमले पूर्वाधार विकासमा ध्यान दिन सुझाब दिनुभयो ।

कार्यक्रममा नगर स्तरीय पर्यटन प्रबद्र्धन समितिका अध्यक्ष एवं नगर प्रमुख नरुलाल चौधरीले पर्यटन क्षेत्रलाई संबृद्धीको आधारकारुपमा स्थानिय सरकारले लिएको बताउनुभयो । प्राकृतिक र कृत्रिम सम्पदाहरुकै विकासमा स्थानियलाई जोड्ने नगरको योजना रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा उपप्रमुख सीता सिग्देल न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत सन्तबहादुर सुनार, पर्यटन प्रर्बद्धन समिति संयोजक रमेशकुमार पाण्डे, लोकसंस्कृत विद् एवं समिति सदस्य डा. गोबिन्द आचार्य, केबि चौधरी, नारायण भुसाल, पर्यटन शाखा प्रमुख बालकृष्ण खनाल लगाएकाले नगरको पर्यटकीय क्षेत्रको विकासमा अनुसन्धानमूलक प्रतिबेदन आधारपत्र बन्ने बताउनुभयो ।

कार्यक्रममा अनुसन्धानकर्ता सुदिप गौतम र भुपेन्द्र ओलीले नगरको पर्यटकीय क्षेत्रहरुको पहिचान सहितको अबस्थालाई ३ दिन भित्र प्रतिबेदन तयार पार्ने प्रतिबद्धता जनाउनुभयो ।।

Facebook Comments