• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमेमा खेलकूद समापनः बिजयीलाई पुरस्कार वितरण




रुकुमपूर्व भूमे गाउँपालिकामा शनिबार विविध खेलकुद प्रतियोगीताको पुरस्कार वितरण गरिएको छ । मगर युनिटी यूथ क्लव गाबाङले चैते दशैको अवसरमा चैत २१ गते उद्घाटन गरिएकोमा हिजो पुरस्कार वितरण गरेर कार्यक्रमको समापन गरिएको हो ।

गाउँस्तरीय पुरुष तथा महिला भलिबल, दोहोरी गीत, छेलो र भ्याटमिन्टन खेलकुद आयोजना गरिको थियो । जसमा पुरुष भलिबल तर्फ ४० टिमको प्रतिस्पर्दा रहेकोमा भूमे गाउँपालिका साकिमले प्रथम स्थान हासिल गरेको छ ।

त्यसैगरी क्रमशः सिस्ने गाउँपालिका ८ स्यालापाखा दोस्रो, भूमे गाउँपालिका ७ धर्मशाला तेस्रो स्थान हासिल गर्दा सान्त्वना पुथा उत्तरगंगा गाउँपालिका १२ गर्खानीले गरेको हो ।

क्रमशः पुरस्कार राशी नगत ३५ हजार सहित कप, मेडल, प्रमाण पत्र, नगत २५ हजार सहित कप, मेडल, प्रमाण पत्र त्यसैगरी नगत १५ हजार सहित मेडल, प्रमाण पत्र र नगत १० हजार सहित मेडल, प्रमाण पत्रले पुरस्कृत गरिएका थिए ।

महिला भलिबल तर्फ १२ टिमको प्रतिस्पर्दा रहेकोमा भूमे गाउँपालिका ८ कुचिबाङले प्रथम स्थानल हासिल गरेको छ । भूमे गाउँपालिका १ बराहा लुकुमले दोस्रो भएको हो, थबाङ गाउँपालिका १ झुरबाङ रोल्पाले तेस्रो स्थान लिएकोमा भूमे ६ महत्त सान्त्वना स्थान हासिल गरेका हुन् ।

पुरस्कार क्रमशः नगत नगत २० हजार सहित कप, मेडल, प्रमाण पत्र, नगत १५ हजार रकम सहित कप, मेडल, प्रमाण पत्र रहेको थियो । त्यसैगरी नगत १० हजार सहित मेडल, प्रमाण पत्र र नगत ५ हजार सहित मेडल, प्रमाण पत्रले पुरस्कृत गरिएको हो ।

प्लो किल्निक कम्पनी प्रालि बागबजार रुकुमपश्चिमले दुई जना उत्कृष्ट खेलाडीलाई १ लाख बराबरको निशुल्क स्मार्ट स्वास्थ्य कार्ड प्रदान गर्ने भएको छ ।

जसमा पुरुष भलिबलको तर्फबाट साकिम टिमबाट गोविन्द बुढा र महिला भलिबल तर्फबाट लुकुम टिमबाट अस्मी पुनले पाउनुभएको हो ।

त्यसैगरी राम्रो खेलाडी पनि छनोटमा पुरस्कृत पुरुष भलिबल तर्फबाट स्यालापाखा टिमबाट जयप्रकाश पुन र महिला भलिबल तर्फबाट कुचिबाङका राजकुमारी रोका मगरलाई पुरस्कृत गरिएको खेल संयोजक रुजिधन बुढाले बताउनुभयो ।

पुरस्कार वितरण कार्यक्रममा क्लवका अध्यक्ष राजकुमार बुढा मगरको रहेको थियो । अथितिहरु भूमे गाउँपालिका वडा नम्बर २ का वडा सदस्य मदन कुमार बुढा, वडा नम्बर २ का वडा सदस्या जयकुमार पुन लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुको आथ्यता रहेको थियो ।

कार्यक्रमको सञ्चालन क्लवका कोषाध्यक्ष विकाश बुढाले गर्नुभएको थियो ।

Facebook Comments