• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नयाँ बर्षमा रुकुमेलीहरुको जमघट, कला संस्कृति संरक्षणमा जोड




दाङमा बसोबास गर्ने रुकुमेलीहरुले नयाँ बर्षको शुभकामना आदानप्रदान गरेका छन् ।

रुकुमेली एकता समाज घोराही १६ ले आयोजना गरेको कार्यक्रममा उनीहरुले शुभकामना आदान प्रदान गर्नुका साथै विभिन्न सांस्कृतिक प्रस्तुतिमार्फत कला संस्कृति संरक्षणमा पनि जोड दिए ।

समाजका अध्यक्ष लिलाधर खड्काको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसादको रिजालको प्रमुख तथा समाजसेवी मस्तबहादुर श्रेष्ठ र कार्यवाहक वडा अध्यक्ष जगत श्रेष्ठको बिशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रममा नेकपाका प्रतिनिधि प्रताप केसी, शिक्षक गणेश केसी, पत्रकार नरेन्द्र केसी, दलित अगुवा दीपा बिकलगायतले शुभकामना दिनुभएको थियो ।

समाजका सचिव उर्मिला डाँगीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रम सञ्चालन सन्देश रिजालले गर्नुभएको थियो ।

कार्यक्रममा दुइ दर्जनभन्दा बढी सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।

Facebook Comments