• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती लोकमार्गको सल्यान खण्डमा स्तरोन्नतिमा एक अर्ब बजेट




केही समयदेखि भत्कन थालेको राप्ती लोकमार्गको सडक मर्मत र स्तरोन्नतिका लागि एक अर्ब बजेट सुनिश्चि भएको छ ।

चोरखोला शीतलपाटी खण्डका लागि ४९ करोडको टेण्डर आव्हान भइसकेकोमा अब तुलसीपुर चोरखोला सडकखण्डको स्तरोन्नतिका लागि पुनः ४९ करोड बजेट सुनिश्चित भएको कर्णाली प्रदेशका अर्थमन्त्री प्रकाश ज्वालाले जानकारी दिनुभयो ।

‘राप्ती राजमार्गको तुल्सीपुर सल्यान चोरखोला खण्डको दुई लेन सडक निर्माण, स्तरोन्नति र कालोपत्रे गर्नको लागि नेपाल सरकार अर्थ मन्त्रालयबाट बहुवर्षीय ठेक्का लगाउने गरी ५० करोड बजेट सुनिश्चित भएको छ,’– उहाँले भन्नुभयो– ‘राप्ती राजमार्गको चोरखोला शितलपाटी खण्ड दुई लेन स्तरोन्नतिको लागि यस अघि नै ४९ करोडको टेण्डर भई सकेको छ। यस वर्ष राप्ती राजमार्गको दाङ सल्यान खण्डको लागि १ अर्ब बजेट सुनिश्चित भएको छ ।’

राप्ती राजमार्गको बाँकी खण्डको स्तरोन्नति सहित कालोपत्रेको लागि पनि प्रक्रिया अघि बढाइएको पनि उहाँले जानकारी दिनुभयो । उहाँले सल्यान लगायत सम्बन्धित जिल्लाका जनतालाई बधाई तथा नेपाल सरकार अर्थ मन्त्रालय, भौतिक पूर्वाधार मन्त्रालय, दाङ सडक डिभिजन समेत सबैलाई धन्यवाद पनि दिनुभएको छ ।

राप्ती लोकमार्गको रुकुमखण्डको अवस्था निकै दयनीय देखिएको छ । यसमा भने सरकारले अहिलेसम्म बजेट उपलब्ध गराउन सकिरहेको छैन ।

Facebook Comments