• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भूमेमा विविध खेलकूद प्रतियोगिता उद्घाटन




रुकुमपूर्व भूमे गाउँपालिकामा बिहिबार विविध खेलकुद प्रतियोगीता उद्घाटन गरिएको छ । चैते दशैको अवसरमा मगर युनिटी यूथ क्लव भूमे २ गाबाङले उक्त खेलकुदको आयोजना गरेको हो ।

चैते दशैको अवसरमा भूमे २ गाबाङ सैपातुङ मेला जाऔँ, भाषा, संस्कृति र ईतिहास बचाऔँ । बन्ने मुल नाराका साथ विशेष अथिति भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगर र नयाँ शक्ति नेपाल पार्टी रुकुमपूर्वका प्रतिनिधि जितमान पुन संयुक्त रुपमा व्यानर खोलेर उद्घाटन गर्नुभएको हो । भूमे २ सैपातुङको खेल प्राङ्गणमा कार्यक्रम भइराखेको छ ।

पालिकाले यूवाका लागि विभिन्न क्षेत्रमा प्रत्येक आर्थिक वर्षमा बजेट वियोजन गरिराखेको कार्यक्रमको विशेष अथिति तथा भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो । खेल मैदान, भवन, पालिका स्तरीय खेलकुद तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरिराका छौँ अध्यक्ष बुढाले भन्नुभो, यूवा उद्यमशिल्ता तालिमलाई विशेष जोड्दिदै आएका छौँ ।

यूवा नै समाज परिवर्तनमा मुख्या भुमिकामा रहेका हुन्छन् त्यसैले समुदायले पनि यूवालाइ विकास निर्माणको आशाका केन्द्रविन्दु मान्ने गरेको अर्का विशेष अथिति तथा नयाँ शक्ति पार्टी रुकुमपूर्वका प्रतिनिधि जितमान पुनको भनाइ रहेको थियो ।

यूवा तथा स्थानीय कला संस्कृति संरक्षण र प्रवर्धन गर्नेमा सरकारले ध्यान नपुर्‍याएको भन्दै अन्य अथितिले धाराणा व्यक्त गरेका हुन् ।

गाउँ गाउँमा छरिएर रहेका यूवालाई एउटै ठाउँमा गोल्वद्ध गरेर यूवाको समस्यालाई हल गर्ने र स्थानीय भाषा, कला संस्कृतिलाई संरक्षण गरि विकास गर्ने उद्देश्यका साथ विविध प्रतियोगीता आयोजना गरिएको मगर युनिटी युथ क्लवका अध्यक्ष राजकुमार बुढा मगरले जानकारी दिनुभयो । यस क्लवले पहिलो पटक कार्यक्रमको आयोजना गरेको छ आगामी दिन देखि समाज र युवाको हक हितको निम्ति सरोकारवालासँग समन्वय गरेर अगाडि बड्ने क्लवका अध्यक्ष बुढाले जोड्दिनुभयो ।

गाउँ स्तरीय पुरुष तथा महिला भलिबल, दोहोरी गीत, छेलो र भ्याटमिन्टन खेलकुद आयोजना गरेको छ । जसमा पुरुष भलिबल तर्फ पुरस्कार राशी क्रमश प्रथमलाइ नगत ३५ हजार सहित कप, मेडल प्रमाण पत्र, दोस्रोले नगत २५ हजारको साथमा कप, मेडल प्रमाण पत्र त्यसैगरी तेस्रो र सान्त्वना स्थान हासिल गर्नेलाइ समान नगत १०\१० हजारको साथमा कप, मेडल प्रमाण पत्र रहेको छ ।

महिला भलिबल तर्फ क्रमश प्रथमलाइ नगत २० हजार, दोस्रो हुनेलाइ १५ हजार , तेस्रो र सान्त्वना हुनेलाइ नगत ५/५ हजार सहित कप, मेडल प्रमाण पत्र रहेको छ ।

पुरुष भलिबल तर्फ ४० टिमले दर्ता गरेका छन् । भने महिला र अन्य प्रतियोगीताको लागि टिम दर्ता चलिराखेको छ । पुरुष भलिबलको लागि हिजो नै गोलाप्रथा गरिएको छ ।

उद्धाटन कार्यक्रमको अध्यक्षता मगर युनिटी युथ क्लबका अध्यक्ष राजकुमार बुढाको अध्यक्षता रहेको थियो । कार्यक्रमको विशेष अथिति भूमे गाउँपालिका अध्यक्ष रामसुर बुढा, नयाँ शक्ति नेपाल पार्टी रुकुमपूर्वका प्रतिनिधि जितमान पुन तथा अन्य अथितिहरु भूमे गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा विष्ट, नेपाली काँग्रेस रुकुमपूर्व जिल्ला समितिका सचिव भिमबहादुर खड्का लगायतको आथ्यता रहेकोमा संचालन सहकर्मी जयमान बुढा मगरले गर्नुभएको थियो ।

Facebook Comments