लावाजुनीले पायो युनिभर्सल प्रमाणपत्र

प्रकाशित मिति :  २२ चैत्र २०७५, शुक्रबार


कमलरी विषयवस्तुमा निर्माण भएको चलचित्र लावाजुनीलाई चलचित्र जाँच समितिले युनिभर्सल प्रमाणपत्र दिएको छ । यो चलचित्र सबै उमेरसमूहका दर्शकहरुले हेर्न सक्नेछन् ।

संचारकर्मी केएल पीडितको लेखन तथा निर्देशन रहेको चलचित्र लावाजुनीमा कमलरी बस्दा थारुबालिकाहरुले भोग्नुपरेको शोषण, उत्पीडन र हिंसाको चित्रणका साथैं गरिदैं उनीहरुको मुक्ति, स्वतन्त्रता र शैक्षिक अधिकारलाई सशक्तढंगमा उठाइएको छ । पहल नेपालको ब्यानरमा निर्मित लावाजुनीको कार्यकारी निर्माता गेहेन्द्र बस्नेत हुन् भने निर्मातामा रिना बस्नेत, संझना जीएम, टोपबहादुर जि.सी. र शारदा बि.सी.रहेका छन् ।

चलचित्रमा छबिलाल कोपिला, ज्वाला खतिवडा, सुशीला चौधरी, वर्षा लम्साल, सुप्रीया देबकोटा, निश्मा वली लगायतका कलाकारहरुको अभियनय रहेको छ । संगीत संतोष श्रेष्ठको रहेको छ भने कोमल वली, कुलानन्द गिरी, सतिष राजभण्डारी, स्वीकृति डाँगी, कोमलसरी घर्ती र यांशु श्रेष्ठले चलचचित्रमा स्वर दिएका छन् ।

करीब ५० लाखमा निर्माण गरिएको चलचित्र लावाजुनीलाई देश तथा विदेशमा च्यारिटी शो गरी हलहरुमा रिलिज गरिने कार्यकारी निर्माता बस्नेतले बताउनु भयो ।

Facebook Comments