• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रोल्पा गुराँस साहित्य सम्मेलनको तयारी तीब्र




रोल्पा नगरपालिकाद्वारा आयोजना गर्न लागिएको ‘रोल्पा गुराँस साहित्य मेला –२०७६’ को मूलआयोजक समितिले तयारीलाई व्यापक बनाएको छ ।

गठित मूल समितिको दोस्रो बैठक बिहीबार रोल्पा नगरपालिकामा सम्पन्न भएको छ । मूल आयोजक समितिका संयोजक डी.बी. टुहुरोको अध्यक्षता तथा नगरप्रमुख पूर्ण केसीको विशेष उपस्थितिमा बसेको बैठकले मूलसमितिको कार्यविभाजन गर्नुका साथै विभिन्न उपसमितिहरु निर्माण गरेको छ ।

आउँदो बैशाख १५, १६ र १७ गते सम्पन्न हुने साहित्य मेलाका लागि सहसंयोजकमा दीप दर्पण र सदस्य सचिवको जिम्मेवारीमा नवीन लोचनमगरलाई चयन गरिएको छ ।

साहित्य र पर्यटनलाई मुख्य केन्द्र बनाइएको गराँस साहित्य मेलाले लिबाङ र जलजलामा कार्यक्रम गर्नुका साथै थबाङमा पुगेर समेत फर्किने योजना बनाएको आयोजकले जनाएको छ ।

साहित्य मेलामा विभिन्न दश इभेन्टहरु राखिएका छन् । जसमा दोस्रो राष्ट्रिय कविता प्रतियोगिता, रोल्पाको विद्रोह र साहित्य (मणि थापा र महेशविक्रम शाहको बहस), औंशीमा जूनका गीत (सन्तोष श्रेष्ठ र मोहित श्रेष्ठको सांगीतिक साँझ), रोल्पाको रैथाने संस्कृति (बहस), साहित्यमा प्रगतिशील चेत (बहस), कविताको खलिन (कविता वाचन), सामाजिक राँटो (बहस), गुराँससँग कविता (कविता वाचन जलजलामा), लिबाङ–जलजला (पदयात्रा–थबाङ) र रचना बहार (सबैखालका रचना वाचन) गर्ने कार्यक्रम राखिएको छ ।

दोस्रो राष्ट्रिय कविता प्रतियोगिताका प्रथमलाई रु. ४० हजार, दोस्रो हुनेले ३० हजार, तेस्रो हुनेले २० हजार र सान्त्वना हुने कविताले १० हजार पाउनुका साथै मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको मूलआयोजक समितिका संयोजक डी.बी. टुहुरोले जानकारी दिनुभयो ।

Facebook Comments