गोरखाका अभिवावकले कमजोरी केलाएको त्यो दिन

सबै जमघट भएर बच्चा विग्रनुमा आफ्नो कति कमजोरी भनेर मेहनतले केलाए

प्रकाशित मिति :  १४ चैत्र २०७५, बिहीबार

गोविन्द खड्का

सबै बच्चाहरु फ्रष्टेसन छन् । उनिहरुको मनमा चैन छैन । केहि कुरामा पनि उसलाई मजा लाग्दैन । वाथरुममा पसेपछि बढि समय लगाउँछन् । अहउन खोज्यो भने ह्रया भनेर झिजिन्छन् । चिड चिड हुन्छ । सकभर भनेको कुरा सुन्दै सुन्दैन । नौ दश कक्षा पढ्ने बच्चाको अवस्था हो ।

यो भनाई डा शुसिल कँडेलको हो । उहाँले गत फागुन २४ गते गोरखा पब्लिक ईन्टरनेश्नल स्कुलका कक्षा नौ र १० मा अध्ययनरत बच्चाका अभिवावक सामु व्यक्त गर्नुभएको थियो । विद्यालयले अभिवावक शिक्षा कार्यक्रम चलाएर अभिवावक शिक्षक विद्यार्थीको त्रिकोणात्मक सम्वन्धको कार्यान्वयनको चरण शुरु गरेको छ । यस क्षेत्रमा नौलो मान्छि ।
छोरा मान्छे ठुलो मान्छेको जस्तै प्रबृत्ति देखाउँछन् । चुरोट कसरी तान्छन्, हिडाई कस्तो हुन्छ ? रक्सी कसरी पिउँछन्, कपडा कस्तो पहिरिन्छन् ? बोली चालि कस्तो हुन्छ ? यस्ता सबै कुरा ख्याल गर्छन् । जति बेला आफ्ना बाले लगाउने जुत्ता चप्पल तिनलाई मिल्छ । कपडा एउटै एउटै लाग्छन् ।

छोरी मान्छे आईमाई जस्तै प्रबृत्ति देखाउँछन् । लिपिष्टक लगाउने, गहना पहिरीने, अरुको जस्तै कपाल बनाउने, साडि फरीया लगाउने, कपाल रंगाउने, थरी थरीका काँटा चेपे लगाउने, हिड डुल र खानपिन गर्ने मेकपका अन्य सुविधाहरुको खोजी गर्ने तिर ध्यान दिन्छन् । जति बेला आमाको चप्पल, धोति, पेटिकोट ब्रा कटटु आफुलाई फिट हुने अबस्था आउँछ ।

यहि हुटहुटि पुरा गर्न कक्षा नौ दशमा पुगेका बच्चा बच्ची कोठा थुनेर एक्लै बस्न चाहान्छन् । चुकुल लगाएर थुनिन्छन् । चार पाँच पटक बोलाएपछि मात्रै बाहिर निश्कन्छन् । त्यसकै अभ्यास गरेर समय खेर फाल्छन् । बाटोमा कस्तो मान्छे देखे त्यस्तै नक्कल गर्न खोज्छन् । उसले पहिरीएको वा लगाएका कुरा उनिहरुको दिमागमा खेल्छ । नेटईन्टरनेटमा खोजेर तिर्खा मेटाउँछन् । बाबु आमालाई त्यस्तै कपडा वा किन्न दवाव दिन्छन् । त्यसो नभए गलत काम बाट पनि पैसा कमाउने उपाए खोज्छन् । त्यस सगै कुलतको बाटो लाग्छन् । उनिहरुलाई किताव पढ्ने स्कुल जानेतिर रुची हुन्न । न काम गर्ने जाँगर चल्छ ।

पढ्लान त भनेर टिभि र मोवाईल भएको कोठामा भुल्न नदिनुस् । उसका गोजीहरु अपर्झट जाँच गर्नुस् गोजीमा धुलो छ भने स्कुलमा ल्याएर सरलाई देखाउनुस् । त्यसमा लक्षणहरु हुन्छन् । झोला पनि अचानक खोल्नुस् । साथीले यस्तो भन्यो, उस्तो भन्यो भनेर ठगिरहेको छ भने संका गर्नुस् । त्यसकै कारणले गायबहुने समस्या छ भने विद्यालयलाई खबर दिनुस् । यदि समयमै खबर दिनुभयो भने तपाईको बच्चालाई सुधार्न सकिन्छ ।

समय समयमा उसका कापीहरु हेर्नुस् पछाडिबाट पाना पल्टाउनुस््, एस, एम, टि लगाएत अक्षरहरु लेख्दै आएको हुन सक्छ । त्यस्तै चित्र बनाएको पनि हुनसक्छ । कापीका पाना च्यात्दै गरेको पो छ कि ? त्यसो देखियो भने संका गर्नुस् । त्यो बच्चा तपाई भन्दा बाहिर छ । तपाईले भनेको मान्दैन । ठिक लाईनमा ल्याउन सक्नुहुन्न । स्कुललाई भन्नुस् ।

नयाँ कपडा लगाउँदा फर्कि फर्कि धेरै बेर हेर्ने, हातमा केहि लेख्ने, हातमा केहि बाँध्ने वानी छ भनेपनि तत्कालै विद्यालयमा खबर गर्नुस् । आफैले हान्नु पिट्नु हप्काउनुभयो भने त्यो टाढा हुन्छ । तपाईलाई दुश्मन देख्छ । तपाई आफैले केहि गर्न सक्नुहुन्न । ब्लेडले चिरेको पाउनुहुन्छ, केहि चिजले कोतरेको भेटाउनुहुन्छ, त्यो आफुलाई मारी नहाल्ने तर दुःख दिने प्रबृत्ति हो । त्यस्ता वच्चाले खाना कम खाने, खुट्टा ठटाउने, ध्यान नदिने, आफुलाई अरु भन्दा फरक ठान्ने र रिसाउने गर्छन् । कपाल रगाउने, फरक गरी काट्ने, कम सुत्ने जस्ता लक्षण हुन्छन् । उसले अंग्रेजी वाई र जि पुरा लेख्दैन । अक्षरहरुको विचमा पनि ग्याप बढि हुन्छ । उनिहरुका बारेमा पनि थाह पाउने वित्तिकै विद्यालयमा खबर गर्नुस् ।

कोठा भित्र लुक्ने बच्चालाई ताल्चा लगाई दिनुस् । मोवादिँदै नदिनुस, टिभि बन्द गरेर राख्नुस् । ठुला मान्छेले गरेको रिपीट गर्न बच्चाले आफ्नो अनुकुलको ठाउँ खोज्छ । आफ्ना अंग चलाउन, सुम्सुम्याउन, नराम्रा कुरा गर्न, अरुको नक्कल गर्न बच्चाले लुकालो ठाउँको खोजी गर्छ । चुकुल लगाएर कोठा भित्र पस्यो भने उपयुक्त वातावरण त्यहिँ पाउँछ । त्यसबाहेक वाथरुम उसको अर्को सजिलो छेत्र हो । त्यहाँ लामो समय विताउन थाल्यो भने केहि खराबी छ । त्यसलार्य पनि ख्याल गर्नुस् र विद्यालयमा खबर गर्नुस् ।

यसरी सुनेपछि अभिवावकले आफ्ना बच्चाका समस्या बताउन थाले । आफुले ध्यान दिन नसकेका कुराको समिक्षा गरे । धेरैले आफ्नो कमजोरी ठम्याएर होला लज्जीत भएको हाँसोले पुष्टि गर्दथ्यो । एउटा बोल्दा बोल्दै अर्को अभिवावकले आपसमै जवाफ दिन थाले ।

आफ्नो परिचय दिँदै अभिवावक उपेन्द्र खड्काले भन्नुभयो, टिभि र मोवाईल समस्या छन् । टिचरले गुगलबाट सर्च गरेर ल्या भन्छ टिचरले पनि प्रतिवन्ध गर्ने नियम मान्दिनु प¥यो नि । (सबैले तालि बजाए) हामि अभिवावकले पनि झिजो गर्छ भनेर पन्छिनका लागि वच्चालाई मोवाईल दिन्छौँ, मोवाईल लगेर विवह पुजामा जाने, सकुल नाच्नेबोला मोवाईल बजाउने चलन छ ।

अरु अभिवावकले थप्दै लग्नुभयो, मेरो छोरा स्कुलवाट आयो भने फटाफट आउँछ । छोरी आधा एक घण्टा नहुँदै निश्कन्न् । कपडा फेर्न ढिलो गर्छ । कामगर भन्दा होमवर्क छ भन्ने, काम नगर्ने, टीउसन गइरहने फेल भइरहने, होमवर्क नगर्ने के कारण होला ? मेरो बच्चा फ्रष्टेड भइसकेको छ, बाहिर गई सकेको छ कसरी फर्काउने ? कोठा बाट बाहिर ल्याउने भन्नुभयो सहमत छु तर कोठा भाडामा बस्ने हो सानो कोठा छ । निश्केपछि अरुले हेर्छन् पढ्ने वातावरण हुन्न । सानो गल्ली हुन्छ । सात आठ घरका बच्चाहरु रहन्छन् त्यसैले सिरक ओढेर मेरो बच्चा भित्रै बसिरहन्छ । पढ्दैन । मेरो छोरा १५ सालको भयो, नौ मा पढ्छ खाना कम खान्छ, धेरैपटक बोलाएपछि मात्रै आउँछ, पढ्ने मन गर्दैन, काम अह्राएपछि हेमवर्क गर्छु भन्छ । यसरी आफ्ना बच्चाका समस्या राखे ।

अनि जवाफ दिँदै डा कँडेलले, नजिक आउन, खान बस्न मान्दैन तपाई बाट भागेको छ हामि संग लिनुस् । स्कुलमा शिक्षकको, साथीको र अरुहरुको नाम राख्ने प्रबृत्ति बढ्दै जान्छ । उसले वरीपरीका कसैलाई ईज्जत गर्दैन । आफ्नो साथी मात्रै नजिक र आफन्त देख्छ । साथीको भनाईलाई आधार मान्छ । त्यसैले टिउसनको पैसा लगेर साथि संग हराउन सक्ने खतरा हुन्छ ।

विश्वको सूचना प्रविधी चाहिन्छ तर बढी भयो परिवारमा भोगेका छौँ । मोवाईल र टिभि भन्दा अरु दुनियाँ छैन भन्ने भ्रममा प¥यो । पाँच कक्षा तल प्रतिवन्ध गरौँ माथी आवश्यक मात्रामा मोवाईल दिउँ । पपजी खेलेर समय विगार्ने भने सहि होईन । त्यसले बरवाद पार्छ ।

केहि वच्चाहरुमा के गर्ने भन्ने उद्देश्य छैन । कक्षा कोठामा बस्छन् तर मैले के गर्ने भनेर अन्यौल हुन्छन् । कक्षा कोठा रुचाएको छैन । बच्चा फ्रस्टेड छन् । निराश छन् । त्यसता बच्चाका बुवाहरु बाहिर छन् । आमा घरयासी तथा सामाजिक काममा व्यस्त छन् । घरमा जाँदा र निश्कँदा अभिवावक भेटिन्न । बच्चाहरु फ्रष्टेड र घरको चिन्तामा डुबेका छन् । स्कुल पुगेर कति नम्बर ल्याउने र के गर्ने उनिहरुलाई सोच्नै पाउँदेनन् । उसलाई ए प्लस ल्याउने आँटै छैन । लाहुरे बन्छु भन्छ । अलि ठुलो सपना देख्ने घरको बातावरण पाउँदैन । केहि बच्चाले गर्छु भन्छन् तर सहयोग गर्ने तपाईहरु हुनुहुन्न । तपाई खुशि हुनुहोस् । हौसला दिनुस् । तपाई निरास, म¥या जस्तो मरन्च्यासे भएपछि कसरी टेर्छ बच्चाले ?

म खाना पकाउँछु त पढ भनेर नभाग्नुस् । तपाई माया गरेको नाटक गर्नुहुन्छ उसले नपढेर नाटक गर्छ । यहिँ बसेर लेख म पकाउँछु भन्नुस् । आज मलाई लसु प्याज काटेर सहयोग गर भन्नुस् । आज तेले पकाएको खान्छु भन्नुस् । यसो नगरेपछि तपाईको बच्चाले कतै घुम्न जाम भन्यो भने तपाई संग जाने ? भन्छ, कपडा धो भन्यो भने अलि पछि धुन्छु भन्छ जे भनेपनि मान्दैन । उसले तपाईलाई हेप्यो । छोरीले ढिलो गर्छभने तपाईलाई हेपेको हो, छोराले छिटो कपाड फेरेर आउँछ भने खुशि पार्नलाई आएको हो । दुईटै बच्चामा समस्या रहेछ । तपाई संग वसेर बच्चाले खान मन गरेने सम्झिनुसकि गालि गर्नुभयो, पिट्नुभयो । तपाईलाई मन पराउँदैन । कुनै दिनको कमजोरीले बच्चा सँधैलाई टाढा भयो । उसले चाहेको बेला धपाउनुभयो, तपाईले चाहेको बेला बच्चालाई पाउनुहुन्न ।

यसरी कार्यक्रम चलिरहँदा त्यहाँ शिक्षकहरुपनि हुनुहुन्थ्यो । कार्यक्रमको सहजीकरण गरीरहनुभएका शिक्षक वसन्त पुनले पिट्यौ, अभिवावकका खुटटामा ढोग्न लगायौँ । तर पनि बच्चाको बानी छुटेन । हामि कारण खौज्दैछौ । हामिले दिएको दण्ड उनिहरुलाई पर्याप्त भएन । अभिवावकको प्रश्न र डा कँडेलको जवाफले शिक्षकहरुलाई नयाँ सोच पैदा गरायो । विद्यालयका प्रिन्सीपल मानसिं जिएमले राम्रै गरेको छु जस्तो लाग्थ्यो केहि कमजोरी रहेछ । हामिले पनि जानेका रहेनछम् । भन्दै आत्म समिक्षा गर्नुभयो । गोरखा गु्रपका प्रमुख कार्यकारी अधिकृत नवल जिएमले सिक्नुभयो व्यवहारमा लागु गर्नुहोला । हरेक कुरा वच्चाको व्यवहारले पुष्टी गरेका हुन्छन् । हरेक वच्चाका प्रोफाइल बनाएका छौँ । अभिवावकलार्य बोलाउँछौँ । न बोलाएपछि मेरो बच्चा ठिक छ भन्नुस् । बोलाएपछि विद्यालयमा आउनुस् ।

यसरी छोटो समयमा शिक्षक र अभिवावकले कमजोरी केलाउने अबसर पाए । डा कँडेलको भनाई थियो, फीनल्याण्डमा रहँदा देश दुखेको महशुस भयो । देशले पिडा व्यहोरी रहेको बेलामा नेपाल फर्किएर केहि गर्न सकिन्छ भन्ने लाग्यो । नेपालमा रहँदा कमजोर देखिने विद्यार्थी विदेशमा पुगे कलेज टपेको देखियो । यसको कारण खोज्न मन लाग्यो । कमाउन भन्दा पनि नेपालमा बच्चाको विकास गर्ने उचित वातावराण बनाउन लक्ष्य रहेको सुनाउनुभयो । गोरखा स्कुल पढाउने अभिवावकलाई आत्म समिक्षा गर्ने अबसर मिल्यो । सबै जमघट भएर बच्चा विग्रनुमा आफ्नो कति कमजोरी भनेर मेहनतले केलाए ।

Facebook Comments