• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अदालतका तामिलदार खड्का मृत फेला




रुकुम पश्चिम रुकुम जिल्ला अदालतमा कार्यरत तामिलदार नविन खड्का मृत फेला परेका छन् । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–४, सोलाबाङ घर भएका २८ वर्षीय खड्का आज विहान घर नजिकैको पानी बगिरहेको कुलोमा मृत फेला परेका हुन् ।

आज विहान शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खड्काको शव लागि जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टम गरिएको थियो । खड्काले आइतबार राती अत्याधिक मदिरापान गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताउनुभयो ।

उहाँका अनुसार घटनाबारे थप अनुसन्धान भैरहेको छ । केही समय रुकुम पूर्वको रुकुमकोट जिल्ला अदालतमा काजमा काम गरेका खड्का एक महिना अघि मात्रै रुकुम जिल्ला अदालतमा आएका थिए ।

Facebook Comments