• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अब कमल तालमा डुंगा सरर




रुकुमपूर्वको पर्यटकीयस्थल कमल तालमा डुङ्गाको सफल परीक्षण गरिएको छ ।

क्यालिक्स ग्रुप प्रालिले पहिलोपटक डुङ्गा परीक्षण गरेको हो ।

पर्यटन प्रबर्द्धनका लागि आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न डुङ्गा परीक्षण गरिएको प्रालिका अध्यक्ष रुपेन्द्र मल्लले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो– ‘अहिले हामीले डुङ्गा परीक्षण मात्र गरेका छौं, परिक्षण सफल भएको छ । अबको केही दिनमै सबै प्रक्रिया पूरा गरेर औपचारिक रुपमा व्यावसायिक ढंगले डुङ्गा सञ्चालनमा ल्याउने तयारी भएको छ ।’

नेपालकै प्रसिद्ध पर्यटकीयस्थल कमल तालमा यसअघि वबभिन्न मेला महोत्सवमा र्‍याफ्टिङ परीक्षण गरिए पनि डुङ्गा भने पहिलोपटक परीक्षण गरिएको हो ।

प्रालिले करिब एक लाख रुपैयाँको लागतमा काठको डुङ्गा परीक्षण गरेको छ ।

Facebook Comments