• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जापान श्रमिक पठाउन श्रम सम्झौताः मोडोलिटी टुंगिन भने बाँकी नै




नेपाल सरकार र जापान सरकारबीच नेपाली श्रमिक जापान पठाउने विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सोमबार ललितपुरमा आयोजित कार्यक्रममा समझदारीपत्रमा नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मान्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र जापानका तर्फबाट नेपालका लागि जापानका राजदूत समामिची साइगोले हस्ताक्षर गरेका हुन् ।

समझदारी पत्रमा जापानमा पेसिफाइड स्किल वर्कर अन्र्तगत नेपाली श्रमिकहरुको भर्ना, जापानी भाषा परीक्षा, एवम् सीप परीक्षण र सहजीकरणका लागि जापानी पक्षलाई सहयोग गर्न वैदेशिक रोजगार विभाग अन्र्तगत छुट्टै इकाई स्थापना गरिने छ ।

यस्तै समझदारी पत्र प्रभावकारी कार्यान्वयन गर्न दुवै देशका प्रतिनिधि रहनेगरी संयुक्त समिति गठन गरिने छ ।

जापान नेपाली श्रमिकका लागि आकर्षक गन्तव्यः श्रममन्त्री

हस्ताक्षर कार्यक्रमपछि बोल्दै श्रममन्त्री विष्टले जापान नेपाली कामदारका लागि आकर्षक गन्तव्य भएको बताए।

‘जापान नेपाली श्रमिकका लागि आकर्षक गन्तव्य हो’, उनले भने, ‘नेपाली श्रीमकलाई लैजान तयार भएकोमा जापान सरकारलाई धन्यवाद दिन चाहन्छ।’

उनले जापानसँग भएको यो सम्झौता ऐतिहासिक महत्वको भएको दाबीसमेत गरे।

Facebook Comments