• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती साहित्य परिषदमा ५१ औं छन्द श्रृंखला




आज राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको द्वैमासिक नियमित कार्यक्रम अन्तर्गत छन्द सङ्गमकाे ५१ अाैँ श्रृङ्खला दाङ घोराहीमा सम्पन्न भयो ।

शाखा अध्यक्ष कमलमणि देवकोटाको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवम् पत्रकार नारायणप्रसाद शर्माकाे प्रमुख आतिथ्यमा संचालित उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैयाँले डेड दर्जन छन्दाेबद्ध कविताहरू वाचन गर्नुभएको थियाे भने वाचित रचनाहरूकाे समीक्षा साहित्यकार नारायण नेपाल र डा.कृष्णराज डी.सी.ले गर्नुभएको थियाे ।

कार्यक्रमका प्रमुख अतिथि नारायणप्रसाद शर्मा तथा अध्यक्ष कमलमणि देवकाेटाले कवि मजगैयाँलाई शुभेच्छा प्रकट गर्नुभएको थियाे ।

शाखाका उपाध्यक्ष नगेन्द्र गुरुकाे स्वागत मन्तव्यबाट सुरू भएको उक्त छन्द संगम कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका सचिव शारदा शर्माले गर्नुभएको थियो ।

Facebook Comments