• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गीतकार पुरण क्षेत्रीको खेलाडी गीतको म्यूजिक भिडियो सार्वजनिक




गीतकार पुरण क्षेत्रीको खेलाडी गीत ‘खेलाडी हौं हामी खेलाडी’ गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

गायक मोहित श्रेष्ठ र सागर अविरल जिसी तथा गायिकाहरु प्रगति महरा र निर्मला घिसिङको स्वर रहेको खेलाडी गीतको म्यूजिक भिडियो आज युट्युवमार्फत् सार्वजनिक गरिएको हो ।

दिपिन थापाको नृत्य निर्देशन रहेको भिडियोको क्यामेरा कोरियोग्राफी, क्यामेरा र सम्पादन भीम कुमाखीले गरेका छन् ।

तीन वर्षअघि रेकर्ड गरिएको उक्त खेलाडी गीतको एरेञ्ज कृष्ण पुनले गरेका थिए भने अक्सिजन मिडिया प्रालिले अडियो सार्वजनिक गरेको थियो ।

गायक तथा संगीतकार मोहित श्रेष्ठको संगीत रहेको उक्त म्यूजिक भिडियोमा सुनछहरी कला केन्द्रका कलाकारहरुको नृत्य रहेको छ ।

हाल रोल्पा नगरपालिकाका मेयर समेत रहेका गीतकार क्षेत्रीले जलजलाको नूतन सन्देश (२०६३) र देशले उत्साह खोजिरहेछ (२०७३) कविता संग्रह पनि प्रकाशन गरिसकेका छन् ।

हेर्नुस् खेलाडी गीतको भिडियो लिङ्क-

Facebook Comments