• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मुसीकोटमा चैत ७ देखि महोत्सव, तयारी ७० प्रतिशत पूरा




रुकुम पश्चिमको सदरमुकाम मुसीकोट नगरपालिका १ मा चैत्र ७ गतेबाट सुरु हुने प्रथम रुकुम पश्चिम प्रादेशिक कृषि, पर्यटन तथा सांस्कृतिक महोत्सवको तयारी ७० प्रतिशत पुरा भएको छ ।

महोत्सव आयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले महोत्सवको तयारी धमाधम भैरहेको र ७० प्रतिशत तयारी पुरा भएको बताएको छ ।

आयोजकका अनुसार अतिथि आमन्त्रण, मञ्च व्यवस्थापन, स्टल निर्माण, गेट निर्माण, कलाकार तथा झाँकी व्यवस्थापन, प्रचार प्रसार लगायतका काम अन्तिम चरणमा पुग्न लागेका छन् ।

महोत्सव कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी लगायतको उपस्थितिमा उद्घाटन हुने प्रतिष्ठानका अध्यक्ष अमित परियारले जानकारी दिनुभयो ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा रुकुम पश्चिमले जिल्लामा सांस्कृतिक संग्राहलय स्थापनाका लागि महोत्सव आयोजना गरेको हो । संग्रालयको लागि जिल्ला सदरमुकाम मुसीकोटमा भवन निर्माणको काम भइरहेको छ ।

महोत्सवमा विभिन्न कृषि जन्य उत्पादन, पुराना कृषि औजारका साथै जिल्लाको पर्यटकीय चिनारी सम्बन्धी सामाग्रीहरुको विशेष प्रदर्शनी हुने आयोजकले बताएको छ । त्यस्तै महोत्सव अवधिभर ब्यापारीक स्टलहरु र राष्ट्रिय तथा स्थानीय ख्याति प्राप्त कलाकारहरुको सांस्कृतिक प्रस्तुतीहरु रहने आयोजकले जनाएको छ ।

महोत्सव चैत्र ७ देखि १७ गतेसम्म सदरमुकाम खलंगाको बह्राटाकुरा टुँडिखेलमा सञ्चालन हुने छ ।।

Facebook Comments