• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा ठेला गुडाउन रोक, अटेर गर्नेलाइ नियन्त्रणमा लिन शुरु




घोराही बजारमा डुलाएर व्यापार गर्ने ठेलाहरुलाई नियन्त्रणमा लिन थालिएको छ । बजार व्यवस्थापनका लागि ढेलाहरुलाई निश्चित ठाउँमा राखेर व्यवसाय सञ्चालन गर्ने व्यवस्था गरे पनि अटेरी गरेर बजारमा डुलाउने ठेलाहरुलाई नियन्त्रमा लिन थालिएको हो ।

घोराही उपमहानगरपालिकाको बजार व्यवस्थापन उपसमितिको निर्णय अटेर गर्नेहरुलाई नियन्त्रणमा लिन थालेको उपसमिति संयोजक शक्तिराम डाँगीले जानकारी दिनुभयो । समितिमा आबद्ध प्रहरी, होटल व्यवसायी, उद्योग बाणिज्य संघ, पत्रकार सहितको टोलीले आज बजारमा अनुगमन गरेको छ ।

उपसमितिको निर्णयलाई अटेर गरेर बजारमा डुलाएका केही ठेलालाई नियन्त्रणमा लिईएको छ । समितिले ठेला व्यवसायीहरुलाई ट्राफिक चोक, बालमन्दीर र निर्माणाधिन सभागृह पुरानो बसपार्कमा व्यवस्थापनका लागि स्थान दिएको छ ।

ति ठाउँहरुमा बस्नका लागि ठेला व्यवसायीहरु सहमत पनि भएका छन् । तर निर्णय नमानेको देखेपछि उपसमितिले आज अनुगमन गरेको हो । उपमहानगरको बजार व्यवस्थापन कार्यबिधी २०७४ अनुसार नियम नमान्नेलाई ५ सय देखी १० हजार रुपैयाँ सम्म जरिवानाको व्यवस्था गरेको छ ।।

Facebook Comments