• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
न्यूजिल्याण्डको दुइ मस्जिदमा आतंकवाद हमला, ४९ को मृत्यु




न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ४९ जनाको मृत्यु भएको र कम्तीमा २० जना गम्भीररूपमा घाइते भएका छन्।

प्रधानमन्त्री जेसिन्डा आर्डर्नले शुक्रवारलाई ‘कालो दिन’ भएको बताउँदै यो घटनालाई ‘आतङ्ककारी हमला’ मात्रै भन्न सकिने बताइन्।

तीस वर्ष पुग्न लागेका एक पुरुषलाई प्रहरीले गिरफ्तार गरि हत्याको आरोपमा शनिवार अदालतमा पेश गर्ने तयारी गरेको छ।

अन्य दुई जना पुरुष र एक महिलालाई पनि हिरासतमा लिइएको प्रहरी प्रमुख माइक बुशले बताएका छन्। ती मध्ये एकजना घटनामा असम्बन्धित भएको र अन्य दुईको घटनासँगको सम्बन्धमा अनुसन्धान गरिरहेको बुशले बताए।

न्यूजिल्यान्डको इतिहासमा यो सबैभन्दा घातक हमला हो।

अल नूर मस्जिदमा बन्दुकधारी आक्रमणकारीले टाउकोमा क्यामरा बाँधेर बालबालिका, महिला र पुरुषलाई आन्धधुन्ध गोली हानेको फेसबुकमा प्रत्यक्ष प्रसारण गरेका थिए।

प्रहरी ह्रदयविदारक उक्त भिडिओ सेयर नगर्न अनुरोध गरेको छ। फेसबुकले आक्रमणकारीको खाता बन्द गरेको र त्यो भिडियो सेयर भएका ठाँउबाट हटाउन प्रयास गरिरहेको बताएको छ।

प्रत्यक्षदर्शीहरूले स्थानीय समाचारमाध्यमलाई आफू ज्यान जोगाउन भागेको र अल नूर मस्जिदमा मानिसहरू रगताम्मे भएर लडिरहेको देखेको बताएका छन्।

सरकारले मानिसहरूलाई अर्को सूचना नआएसम्म मस्जिदमा नजान भनेको छ ।

प्रहरीले केही गाडीहरूमा विस्फोटक पदार्थ भेटिएको समेत बताएको बीबीसीले जनाएको छ ।

Facebook Comments