• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यूरोपको फोटोकपी काठमाडौंमा




यूरोपको लोकप्रिय फोटोकपी पेपर आइ क्यु प्रिमियम र माएस्ट्रो सुप्रिमको काठमाडौंमा विक्रि शुरु गरिएको छ । अष्ट्रियाको मोन्डि ग्रुपले फोटोकपी पेपरको उत्पादन गर्दै आइरहेको हो ।

आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि विक्रि शुरु गरिएको छ ।

ननकोटेड कागजमा विश्व कै सर्वोकृष्ट कागज दावी गर्ने मोन्डि ग्रुपको फोटोकपी पेपर गुजरातस्थित एक्सेल इन्टरप्राइजेजको सहकार्यमा ग्रिन एन्ड क्लिन कम्पनी प्रालिले काठमाडौंमा भित्राएको हो ।

रंगिन फोटोकपी, फोटो छपाइ, विभिन्न प्रकारका प्रतिवेदनहरु तथा किताब छपाइमा पेपरको प्रयोग गर्न उपयुक्त हुने कम्पनीले दावी गरेको छ ।

प्रिन्टरको टोनर कम खर्च हुने तथा चिल्लो कागजमा जस्तै गुणस्तरिय फोटो छपाइ गर्न सकिने कार्यक्रममा बताइएको थियो ।

फोटोकपी पेपर दराज अनलाइन मार्फत विक्रि गरिने जानकारी कार्यक्रममा दिइएको थियो ।

शुभारम्भ कार्यक्रममा एक्सेल इन्टरप्राइजेजका निखिल ओझा तथा ग्रिन एन्ड क्लिन कम्पनीका सकिल अहमद खानले कार्यक्रममा मन्तव्य राख्नुु भएको थियो ।

Facebook Comments