• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
ह्याट्रिक गर्ने भलिबल टीमलाई गृह जिल्लामा भब्य सम्मान




आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौटका लागि सल्यानमा आयोजित कर्णाली प्रदेश पुरुष भलिबलको उपाधि विजेता रुकुम पश्चिमलाई सम्मान गरिएको छ । सोमबार जिल्ला समन्वय समिति, मुसीकोट नगरपालिका, जिल्ला क्रिकेट संघ, जिल्ला ब्याटमिण्डन संघ लगायतले सम्मान गरेका हुन् ।

खेलाडिहरुलाई मुसीकोट नगरपालिकाले नगद सहित सम्मान गरेको छ । १२ जना भलिबल खेलाडि सहित १ जना उसु खेलाडिलाई नगरपालिको जनही २÷२ हजार नगद प्रदान गरेको छ ।

त्यस्तै जिल्ला ब्याटमिण्टन संघका अध्यक्ष अनिल बुढाले भलिबल टीमलाई ५ हजार प्रदान गर्नुभयो । यसका साथै जिल्ला समन्वय समिति र जिल्ला क्रिकेट संघले दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
जिल्ला समन्वय समितिमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार शर्मा, मुसीकोट नगरपालिकाका प्रमुख देविलाल गौतम र प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी लगायतले खेलाडिहरुलाई सम्मान गर्नुभएको हो ।

त्यस्तै जिल्ला क्रिकेट संघले भने संघको कार्यालयमा बोलाएर खेलाडिहरुलाई सम्मान गरेको हो । संघका अध्यक्ष दीपक बाँठामगर सहित संघका पदाधिकारीहरुले खेलाडिलाई दोसल्ला र अविरले सम्मान गर्नुभयो ।

यसका साथै सम्मान स्वरुप खेलाडिहरुलाई खलंगा बजार परिक्रमा गराईएको थियो । जिल्ला खेलकुद विकास समितिले पञ्चेबाजा सहित खेलाडिहरुलाई बजार परिक्रमा गराएको हो ।

आईतबार सुर्खेतलाई पराजित गर्दै रुकुम पश्चिम प्रतियोगिताको बिजेता बनेको थियो । यो संगै रुकुम पश्चिमले राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजना हुने छनौट प्रतियोगितामा लगातार तेस्रो पटक बिजेता बन्दै ह्याट्रिक गरेको छ ।।

Facebook Comments