• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रिय खेलाडी छनौटः भलिबलमा रुकुमपश्चिमको ह्याट्रिक




राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि आयोजना हुने छनौट प्रतियोगितामा रुकुम पश्चिमले पुरुष भलिबलमा लगातार तीन खेल जित्दै ह्याट्रिक गरेको छ ।

रुकुम पश्चिमले छैटौं, सातौं र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौटमा लगातार उपाधि जित्दै ह्याट्रिक पुरा गरेको हो । आइतबार सल्यानको खलंगामा सम्पन्न कर्णाली प्रदेश स्तरीय छनौट प्रतियोगिता अन्तर्गत पुरुष भलिबलमा उपाधि जित्दै रुकुम पश्चिमले उपाधिमा लगातार तेस्रो पटक कब्जा जमाएको छ ।

२०६८ देखि उपाधिमा लगातार कब्जा जमाउँदै आएको रुकुम पश्चिमले सुर्खेतलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । डोल्पा, सुर्खेत र सल्यानलाई सेमिफाईनलमा पराजित गर्दै रुकुम पश्चिम फाइनल पुगेको थियाे । डोल्पालाई हराउँदै आयोजक सल्यान तेस्रो भएको छ ।

छैटौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौटका लागि २०६८ मा कालिकोटमा आयोजना भएको, सातौं राष्ट्रिय खेलकुदको छनौटका लागि रुकुममा २०७० सालमा आयोजना भएको र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौटका लागि सल्यानमा आइतबार सम्पन्न भएको छनौट प्रतियोगिताको उपाधी रुकुम पश्चिमले जितेको हो ।

Facebook Comments