• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बनगाड कुपिण्डे महोत्सवको आकर्षण बढ्दै




कुपिण्डे पर्यटन बनगाडको सास्कृतिक समृद्धि सल्यान हाम्रो दृढ अभिव्यक्ति भने मुल नाराका साथ गत फाल्गुन २० गते सोमबार देखि बनगाड कुपिण्डे नगरपालिका देवस्थलको सल्लीबजार सन्चालन भएको महोत्सवको आज चौथो दिन बनगाड कुपिण्डे कृषि पर्यटन तथा सास्कृतिक महोत्सव २०७५ मा दर्शकहरूको उल्लेखिय सहभागी भैरहेको छ।

महोत्सव सञ्चालनको चोथो दिन (बिहिवार ) दर्शकहरुको बाक्लो उपस्थिति देखिएको छ ।

बुधबार सम्म केहि खाली देखिएको फिड आज दर्शकहरुले भरी भराउ भएको थियो । मेलामा व्यापारीक स्टलहरु खाली देखिएपनि सल्लीबजारमा भने व्यापारिक चहलपहलमा हल्कै बढेको
व्यापारीहरुले बताएका छन । से फोक्सुण्डो मिडिया प्राली का आयोजनामा सन्चालन भएको महोत्सव फाल्गुन २८ गरे सम्म सन्चालन हुन अध्यक्ष जीवन बिसिले जानकारी दिनु भएको छ ।

बिहिवार महोत्सवमा चर्चित नायक बिराज भट्ट , लोक गायक कृष्ण दर्लामी , शाजन शर्मा, नरेन्द्र प्यासी लगाएत स्थानीय कलाकार कला प्रस्तुति गरेका थिए। उनीहरुले प्रस्तुति दिईरहदाँ दर्शकहरको भिड् नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई हम्मेहम्मे भएको थियो ।

शुक्रबार पनि टक बुधबारदेखि, असोक दर्जी एआर बुढाथोकी प्रकाश कडेल गुलेली कान्छा लगाएत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

Facebook Comments