• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उत्पादनमा जुट्दै बिद्यार्थी, ब्यवसायिक शिक्षाको अभ्यास




रुकुम पश्चिम चाैरजहारी नगरपालिका वडा न. ११ स्थित हिमालय माविमा प्राविधिक शिक्षा अन्तरगत कृषि जेटिए अध्यन गर्ने बिद्यार्थीहरु कृषि उत्पादनमा जुटेका छन् ।

कृषि जेटिए र तीन बर्षे बाली बिज्ञान अध्यन गर्ने ८० जना बिद्यार्थी कृषि उत्पादनमा जुटेका हुन् । बिद्यार्थीलाई उत्पादन मुखि बनाई ब्यवसायिक ( जनवादी ) शिक्षा लागू गर्नकाे लागि ६ ग्रुपमा बिभाजन गरि उत्पादनमा लगाएको बताइएको छ । प्रत्येक ग्रुपको कृषि शिक्षकहरुले नेतृत्व गरिरहेका छन् ।

अहिले बिद्यार्थीले च्याउ खेती गरेका छन्। बिद्यालयकाे दुईवटा काेठामा प्रति ग्रुप २६ वटा डल्लाकाे दरले च्याउ लगाइएको बिद्यालयले बताएको छ । कृषि शिक्षक उदयराम अाेलिका अनुसार बिद्यार्थीले अाफ्नाे लगानीमा उत्पादन सुरु गरेका छन र त्यसबाट प्राप्त हुने फाइदा पनि बिद्यार्थी अाफैले लिनेछन् । उनले भने नगर कृषि शाखाकाे ८० पाेका च्याउ र टनेल सहयोगमा उत्पादन सुरु गरिएको हाे ।

अहिले च्याउ लगाइएको छ भने टनेल निर्माण भइरहेको छ । च्याउ मात्रै नभएर बिद्यालयकाे २७ सय वर्गमिटर जग्गा र २ राेपनी जग्गा भाडामा लिएर प्रत्येक ग्रुपले फरकफरक तरकारी लगाएका छन् शिक्षक अाेलिले भने जसकाे भाडा हामीले बार्षिक १० हजार तिर्ने सम्झौता गरेका छाैँ । बिद्यार्थीले लगाएको तरकारी बेचेर त्यसबाट प्राप्त रकम अाफैँले लिनेछन् । जसबाट उनीहरूलाई जीवन यापनमा सजिलो हुनेछ । बिद्यार्थीलाई उत्पादनमा लगाउँदा लाखौं खर्च गरेर पढ्ने र बिदेश तिर जाने प्रविधिको अन्त्य हुने उनकाे बिश्वास छ ।

बिद्यार्थीले उत्पादन गरेकाे वस्तु कुन बजारमा बिक्री गर्नुहुन्छ ? वा बिद्यार्थी अाफैँले बजार खाेज्नुपर्ने हाे भन्ने प्रश्नमा शिक्षक अाेलिले भने हामीले बजारको लागि स्थानीय बजारसँग सम्झौता गरेका छाैँ यदि बजारमा बिक्री हुन सकेन भने नगर प्रमुख बिशाल शर्माले नगरपालिकाले बजार खाेजिदिने खाेज्न नसके किनिदिने भन्नुभएको छ त्यसै अनुसार गर्छौ । उत्पादनमा जुटेपछि बिद्यार्थीहरु पनि खुसी भएका छन् ।

कृषि जेटिए पढ्ने खिमराज केसीले भने हामीले बिद्यालयमा उत्पादन पहिलोपटक सुरु गरेका छाैँ , गुरुहरुले हामीलाई सिकाउनु भएको छ यसकाे प्रतिफल राम्रै हुन अाश लिएका छाैँ । उनले भने हामी बिहान बिद्यालय पुगेदेखि पढ्ने सँगै काम पनि गर्छौ भने च्याउ , टमाटर , करेला लगायतकाे तरकारी लगाएका छाैँ । याे बेचेर अाफैँले राख्ने शिक्षकले भनेकाे उनी बताउँछन् । त्यस्तै तिनबर्षे बालि बिज्ञान पढ्ने निर्मल केसीले पनि अाफ्नाे ग्रुपमा च्याउ लगायत माैसमि तरकारी लगाएको बताउँछन् ।

उनी भन्छन् हाम्रो बिद्यालयमा भएको याे राम्रो काम हाे भन्ने साेचले काम गरिरहेका छाैँ यसकाे प्रतिफल पनि राम्रै हुने अाश लिएका छाैँ । अाफुले पढ्न छाेडे पनि गाउँमै कृषि खेती गर्ने उनी बताउँछन् । बिद्यार्थीलाई उत्पादनमा लाउनु राम्रो काम भएको अभिभावकहरुकाे पनि भनाइ छ ।

Facebook Comments