जनप्रतिनिधिका थरिथरिका हर्कतः कोही दम्भ देखाउँदै, कोही ल्याङल्याङ गर्दै

प्रकाशित मिति :  २१ फाल्गुन २०७५, मंगलवार

गोविन्द खड्का

निर्वाचित जनप्रतिनिधि बाहेक निर्णायक तहमा अरुको भुमिका सून्य प्राय देखिन थालेको छ । अधिकांश जनप्रतिनिधिहरु आफ्नो स्तरमा सुझाव संकलन गर्न समेत आवश्यकता ठान्दैनन् ।
अनावश्यक खोँचे थाप्ने, निर्णय गर्दा लामो समय ल्याङ ल्याङ हुने जस्ता समस्याहरु स्थानिय तहको निर्वाचन पुर्व थिए । थरी थरीका समुह र संस्थाहरुले घरी घरी कर्मचारीलाई सताउँथे । त्यस बखत सबैको सहभागिता हुन्थ्यो, महत्वपुर्ण उपलब्धी मानिन्थ्यो ।

चुनावमा विशाल मत पाएर विजयी भएको दम्भ धेरै जसो जनप्रतिनिधिमार्फत अभिव्यक्त हुन थालेको छ । अब त हामि आयौँ तिमिहरुको कामै छैन जस्तो तुच्छ व्यवहार देखाएर संघ संस्था पन्छाउन थालिएको छ । विभिन्न संरचना एवं नेटवर्क भत्काउनु ठिकै भनिए पनि उपलब्धी मान्न सकिन्न । तिनले अबरोध मात्रै सिर्जना गर्दैनथे सहयोग गर्ने सामाथ्र्य पनि राख्थे । वजेट निर्माण, कार्यान्वयन, खुलादिसा मुक्त, धुम्रपान मुक्त, वालमैत्री घोषणा, पुर्ण खोप घोषणा लगाएतका अभियान तिनकै सहयोगमा सफल भएका थिए । कार्यक्रमलाई अभियानमा परिणत गर्थे ।

अहिलेको संरचनाले रनभुल्ल परेको एक पुर्व गाविस सचिवले सुनाउनुभयो । उहाँकाअनुसार लामो समय गाविस अध्यक्षको भुमिकामा रहेका सचिवले जनप्रतिनिधिको कार्यशैली र क्षमताका बारेमा बुझ्नै सकेका छैनन् । जनप्रतिनिधिहरु सर्वसाधारण सम्म पुग्ने बाटो मेटाएका छन् । वडा सचिव भएर कार्यरत ति सचिवका अनुसार पाँच जना एक्लै हुने खतरा छ ।

पालिका तथा वडा कार्यपालिकाले गरेको निर्णय अभियानको रुपमा सर्वसाधारण सम्म लैजाने संरचना चार जना सदस्य छन् । उनिहरुलाई पार्टिहरुले भुगोल समेट्ने गरी छनौट गरेका थिए । सबैमा एकलौटि जित भएको होईन । एउटै पार्टिको सरकार नभएका स्थलहरुमा भौगोलीक संरचना पनि मिलेको छैन । त्यसतो अबस्थामा कसरी अभियानकै रुपमा माहौल तयार हुन्छ ? यसको जवाफ छैन । न त सहि जवाफ खोज्ने चासो नै देखाएका छन् ।

व्यवस्था र विधिले दिएअनुसार सबै भन्दा तलको सरकार टोलविकास संस्था हो । त्यसलाई सकृय बनाउनुपर्छ । मिसन भिजन नभएका वडा अध्यक्ष एवं वडा समितिरहेका टोलहरु मृत प्राय छन् । वडा भित्रका सवै वासिन्दा टोलविकास संस्थाहरुमा समेटिएका हुँदैनन् । त्यसमा पनि निष्कृय टोलहरु धेरै छन् । उनिहरुको वषौ सम्म बैठक बसेको छैन, अधिवेशन हुँदैन । जिल्ला बाहिर बस्नेहरुले टोलविकास संस्थको नेतृत्व सम्हालेर टोललाई मृत्यू सैयामा पुयाएका छन् । नामी मान्छेहरु पनि जाक्ता नभएको सन्देश दिएका छन् । उनिहरुप्रति नजर नलगाएर जनप्रतिनिधिले गैह्रजिम्मेवारी पन देखाएको धेरै ठाउँमा भेटिन्छ ।

संरचना बनाएर बलियो बन्ने सोँच नभएका धेरै जनप्रतिनिधि देखिन्छन् । उनिहरुलाई रिवन काट्ने कार्यक्रम भ्याई नभ्याई हुन्छ । उद्योग वाणिज्य संघ एवं चेम्बरका अगुवाहरुले गर्ने पसल उद्घाटन जस्ता खुद्रा काममा हस्तक्षेप गर्नपुग्छन् । साना तिना कार्यक्रममा लामो समय खर्चिन्छन् । उनिहरुलाई वर्षदिनमा कुन नयाँ काम गरेर विताएँ भन्ने थाहै छैन ।

टोलविकास संस्था देखी धेरै संघ संस्था विघटन गर्ने, खारेज गर्ने, उनिहरुलाई दवाव दिने सबै अधिकार जननिर्वाचित सरकारलाई छ । त्यति गर्ने आँट नहुनेले सकृय बनाउन भने अबश्य सक्छ । टोलविकास संस्था सकृय हुनु भनेको सरकार जिउँदो देखिनुहो । त्यसमार्फत धेरै काम सम्पन्न गर्न सकिन्छ । यस तर्फ ध्यान दिने केहि वडाहरु प्रचारमा आएका छन् । तिनका गतिविधिले आफ्नो क्षेत्रको समाजलाई निष्कृय, अस्त व्यस्त तर्फ उन्मुख गरेका छन् ।

आफ्ना मनपरेका र भोटरका कुरा सुनेर निर्णय गर्ने सर्बे सर्बा बनेका जनप्रतिनिधि धेरै देखिन थालेका छन् । कुरा सुनेपछि फिल्डको अवलोकन गर्ने सम्मको सामान्य प्रकृया पनि पुरा गर्देनन् । यो रबैयाले आफु, पार्टी र वडालाई पछाडीतिर धकेल्दै लगेको प्रष्ट हुँदैछ । त्यो नतिजा भने अनुभुत गर्न सकेका छैनन् । पुराना सबै संरचना लत्याएर सर्बेसर्वा बनेका उनिहरु गतिलो अभियान सञ्चालन गर्नै नसक्ने गरी कुँजीएको देखिन्छ । त्यो निराशाको संकेत हो ।

वडाहरुलाई टोलमा विभाजन गर्ने उनिहरु मार्फत आफु शक्तिशाली हुने कुरा बाट चुकेको पुर्वसचिवहरुको ठम्याई छ । आफुहरु राजनीतिक व्यक्ति नभएकाले खुलेर आलोचना गर्न नसक्ने बताए । तिनले कित टोलविकास संस्था सकृय पार्नुपर्ने होईन भने पुरानै संरचनालाई निरन्तरता दिन सुझाव दिए ।

पाँच बर्षेपालो कटाउने मात्रै हो भन्ने सोँच भए बाहेक कामै गर्नेहो भने जनसम्पर्क अनिवार्य आवश्यक छ । त्यसको लागि सञ्जालहरु आवश्यक हुन्छ । विगतमा महिला, दलित, अपांगता, जनजाति, अल्पसंखयक अनेकौ नाममा जेलिएर रहेका थिए । एक बर्षको अबधिमा तिनिहरु सबै भत्किसकेका छन् । तिनिहरुको विदाई संगै टोलविकास संस्था जगाउनु पर्दछ । यो काम हुन नसकेकाले धेरै जनप्रतिनिधि एक्लीदै गरेको महशुस भएको छ ।

Facebook Comments