• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
१२० बर्षसम्म पनि साहित्यिक पत्रकारिताको अवस्था उस्तै




देशका अगुवा साहित्यिक पत्रकाहरुले १२० बर्षदेखि नेपालको साहित्यिक पत्रकारिताको अवस्था नुध्रिएको भन्दै चिन्ता व्यक्त गरेको छन् । बिसं १९५५ मा पहिलोपटक सुधासागर पत्रिका शुरु भएपछि साहित्यिक पत्रकारिताको इतिहास शुरु भएको पाइन्छ । अहिले २०७५ सालमा पनि अवस्था उस्तै रहेको उनीहरुको गुनासो छ ।

प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ दाङ शाखाको आयोजनामा शुक्रवार घोराहीमा भएको राष्ट्रिय साहित्यिक पत्रकारिता गोष्ठी तथा आचारसंहिता संवाद प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायणप्रसाद शर्माले पत्रकारिताको शुरुवात साहित्यबाटै भएकाले साहित्यिक पत्रकारितालाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बिशिष्ठ अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्य, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष नगेन्द्रराज शर्मा, निवर्तमान अध्यक्ष रोचक घिमिरेलगायतले सरकारले साहित्यिक पत्रकारिताको ऐतिहासिक भूमिकाको मूल्यांकन गर्न नसकेको गुनासो गर्नुभयो ।

कार्यक्रममा प्रगतिशील लेखक संघका पूर्व केन्द्रीय अध्यक्ष डा. अमर गिरी र साहित्यिक पत्रकार संघका महासचिव मोहल दुवालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमाथि साहित्यकारहरु वियोगी बुढागथोकी, टीकाराम उदासी र नारायण नेपालले टिप्पणी गर्नुभएको थियो ।

प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा घोराही उपमहानगरका प्रमुख नरुलाल चौधरी, प्रेस काउन्सिलका सदस्य इश्वरी ओझा, गंगा सुवेदी, वीरबहादुर चन्दलगायतले बोल्नुभएको थियो ।

नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रम सञ्चालन काउन्सिल साहित्यिक उपसमिति संयोजक चेतनाथ धमला र बन्दसत्रको सञ्चालन मधुपर्कका सम्पादक तुलसीहरि कोइरालाले गर्नुभएको थियो ।

Facebook Comments