• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
धारपानी महायज्ञमा बाहिर जिल्लाका दाता आउने क्रम शुरु




विश्वकै अग्लो त्रिशुल रहेको धारपानी मन्दिरको प्रचारप्रसार गर्ने उद्देश्यले जारी महायज्ञमा दानगर्ने दाताहरु बढिरहेको मुल आयोजक समितिले जनाएको छ । महायज्ञको चौथोदिन मात्रै १५ हजार दर्शकलले अवलोकन गरेका छन् ।

धारपानी धामको प्रचारप्रसार गर्ने उदेश्यले आयोजना गरीएको महायज्ञमा झापा, तनहुँवाट आएर पनि दान गरेका छन् । प्रदेश वाहिरवाट आउने आगन्तुकहरुले धारपानी धाम साच्चिकै राम्रो रहेको प्रतिक्रिया दिएका छन् । धारपानीको मनमोहक परिदृश्य त्यसमा वनेका मठ मन्दिरले अझै शोभायमान देखीएको झापावाट आएकी झक्त देवी वरालले बताईन् । त्यस्तै तनहँुवाट आएका अर्का भक्तले विश्वको अग्लो त्रिशुल हेर्न आएको बताए ।

उनले विश्वको अग्लो त्रिशुल दाङको धारपानीमा रहेको सञ्चार माध्यमवाट जानकारी पाएको बताए । सञ्चार माध्यममा चर्चा गरीएको भन्दा पनि धारपानी धाम निकै राम्रो भएको उनले बताए ।

अहिलेसम्म ६४ लाख दान संकलन

महायज्ञको चौथो दिन मात्रै २२ लाख दान संकलन भएको श्रीमद्भागवत सप्ताह तथा धनधान्याचल ज्ञान महायज्ञ मुल आयोजक समितिले जनाएको छ । अहिलेसम्म ६४ लाख दान संकलन भएको पनि आयोजकले जनाएको छ ।

महायज्ञको चौथो दिन घोराही उप महानगरपालीका १५ भरतपुर निवासी प्रेमबहादुर वलीले ५ लाख वरावरको जग्गा सहित ६ लाख ६६ हजार ६ सय ६६ रुपैया दान गरेका छन् ।

त्यस्तै घोराही १५ की चन्द्रकला वलीले १ लाख ५१ हजार ५ सय ११, घोराहीका केशवकुमार आचार्यले १ लाख ५१ हजार ५ सय ५५ र घोराही ६ गुरुवागाँउका फनबहादुर घर्तिमगरले १ लाख १० हजार दान गरेका छन् । त्यसैगरी घोराही १२ हापुरका माधव न्यौपानेले ५५ हजार ५ सय ५५, दमक झापाकी देवी बरालले ३५ हजार ५ सय ५, एसीउन लाईफ ईन्स्योरेन्स कम्पनि लिमिटेडले २५ हजार ५, घोराही १४की टिकाकुमारी श्रेष्ठ विसीले २० हजार ५ सय ५५, घोराही १८का देवु खनाल, यमादेवी खनालले ३५ हजार ५ रुपैया दान गरेका छन् ।

गढवा गाँउपालीका ८ कोईलावासवाट नरेश अधिकारीले २० हजार ५ सय ५५, घोराही १४ झिगौराकी रुपा वलीले ३५ हजार ५ सय ५५ घोराही १५ वाट जनार्दन गौतम,यमा गौतमवाट २० हजार १ सय ५, घोराही ९ अस्पाराका भुवनेश्वर गौतम हिमादेवी गौतमवाट १ लाख एक सय, घोराही १५ का हेमराज शाक्यले २१ हजार ५ सय ५५, घोराही १५ लोहाशुरका कलाधर पौडेल उर्मिला पौडेलले २१ हजार १ सय ११ रुपैया दान गरेका छन् ।

त्यसैगरी घोराही ४ डाँडागाँउका माधव देवकोटा अम्विका देवकोटाले २० हजार ६ सय १५ र घोराही १५ भरतपुरका फणाधर भण्डारी थमादेवी भण्डारीले २५ हजार ५ रुपैया दान गरेको आयोजकले जनाएको छ ।

Facebook Comments