• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सकियो रुन्टीगढी विकास सम्मेलनः दश बुँदे घोषणापत्र जारी




दश बुँदे घोषणापत्र जारी गर्दै रुन्टीगढी विकास सम्मेलन २०७५ सम्पन्न भएको छ । रुन्टीगढी गाँउपालिकाको आयोजमा फागुन १० देखि सम्मेलन शुरु भएको थियो ।

सम्मेलनको उद्घाटन उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री बर्षमान पुनले गर्नुभएको थियो ।

सम्मेलनमा प्रनिनिधिसभा सदस्य सदस्य जयपुरी घर्ती, राष्ट्रियसभा सदस्य मिना बुढा, प्रदेश नं. ५ का आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, प्रदेश नं. ५ का प्रदेशसभा सदस्य दीपेन्द्र पुन ‘सिजल’, रुन्टीगढी गाउँपालिकाका छिमेकी स्थानीय सरकारका प्रमुख तथा उपप्रमुख, उद्योग बाणिज्य संघ, संचारकर्मी, जनप्रतिनिधि लगायतको सहभागिता थियो ।

सम्मेलनमा स्थानीय विकास विज्ञ रमेश अधिकार, प्रदेश योजना आयोगका सदस्य डा. विष्णु गौतम र प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.गोविन्द आचार्यले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । । गाउँपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत चिरन्जीवि जीएमले गाउँपालिकाको समग्र अवस्था झल्कने गरी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यपालिका प्रवक्ता जगत बहादुर घर्तीको स्वागत मन्तव्यवाट सुरु भएको सम्मेलन दिनभर चलेको थियो । सम्मलेनमा प्रमुख अतिथि मन्त्री पुनले हालेरी क्षेत्रबाटै पहिलोपटक जनयुद्ध सुरुभएको कारण पुद्ध पर्यटनको सम्भावना रहेको बताउनुभएको थियो । यो क्षेत्रलाइ हिल स्टेशन, कृषि हव तथा स्वर्गद्वारी महाप्रभुको जन्मस्थानका रुपमा विकास गर्न गर्न सकिने बताउनुभयो ।

प्रदेश नं. ५ का कानूनमन्त्री केसीले सहिदमार्ग र आश्रित–इच्छुक मार्ग होलेरीमा क्रस हुने भएकाले यस क्षेत्रलाइ बहुआयामिक रुपमा एकिकृत विकास गरी शहर वसाउन सकिने, कृषि र पर्यटनलाइ व्यवसायीक रुपमा विकास गर्न सकीने सम्भावना रहेको बताउनु भएको थियो । उहाँले यसका लागि प्रदेश सरकारले आगामी निती तथा कार्यक्रममा आवश्यक बजेट तथा कार्यक्रम तय गर्ने वताउनुभयो ।

पर्यटन फोकल पर्सन दीपक डाँगीले सचालन गरेको उक्त सम्मेलनमा पत्रकार तथा स्थानीयहरुले विभन्न जिज्ञासा तथा सुझाव राखेका थिए । सम्मलेन गाउँपालिकाका अध्यक्ष बालाराम बुढामगरको अध्यक्षतामा स्मपन्न भएके थियो ।

Facebook Comments