• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
धारपानीमा महायज्ञ शुरु, धारपानी देशकै महत्वपूर्ण गन्तव्यः सभामुख




पाण्डेवश्वर मन्दिर धारापानीको पूर्वाधार र पर्यटकीय केन्द«का रुपमा विकास गर्ने उदेश्यका साथ आज शनिवार देखि श्रीमद्भागवत सप्ताह तथा धनध्याञ्चल ज्ञान–महायज्ञ सुरु गरिएको छ । महायज्ञको संघीय संसदका सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नु भएको थियो ।

महायज्ञको उद्घाटन गर्दै संघीय संसदका सभामुख कृष्णहादुर महराले दाङको धारपानीलाई सराकारले पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने वताउँनुभयो ।

यस बारेमा थुप्रै गृहकार्य भएको भन्दै नेपालको पर्यकीय गन्तव्यका रुपमा धारपानी पनि पर्ने बताउँनुभयो।प्रमुख अतिथी समेत रहनु भएका महराले त्यसबारेमा पर्यटन मन्त्रीलाई पनि घच्च घच्याउँन सर्व–साधारणलाई गर्नुभयो । धारपानीको विकास तिव्र गतिमा भएको भन्दै यसको विकास केन्द्रिय राज्य संग जोड्न आग्रह गर्नुभयो ।

देश समृद्धिको यात्रा अघि बढेको वताउँदै प्रमुख अतिथी महराले त्यसका लागि रारा दाङ र लुम्विनीलाई जोड्नु अहिलेको मुख्य आबश्यकता रहेको बताउँनुभयो । मुख्य कथावाचक पण्डित दिन बन्धु पोखरलेले यस्ता धार्मिक अनुष्ठानबाट समाजमा व्याप्त जातिय,बर्गीय भाषिक बिकृति हटाउँन सुरु गरेको उल्लेख गर्नुभयो ।

अनुष्ठान मार्फक नयाँ पुस्तामा आध्यामिकता जगाउँन खोजेको भन्दै त्यसले समाजमा समृद्धि ल्याउँन खोजेको उल्लेख गर्नुभभयो । विश्वकै नेपाल आध्यामिक केन्द्र हो भन्ने बुझाई रहेको भन्दै पण्डित पोखरेलले धारपानीलाई नेपालकै प्रशिद्ध धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास गर्नु पहल गर्ने बताउँनुभयो ।

पाण्डेबश्वर धाम महायज्ञ मुल आयोजक समितिका संयोजक गणेश कुमार अधिकारीको अध्यक्षता उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा संघीय संसद सदस्य तथा नेकपाका सचेतक शान्ता चौधरी र पाँच नं.प्रदेश सभा सदस्य अम्मरबहादुर डाँगीले महायज्ञको सफलताको कामना गर्नु भएको थियो ।

समितिका सचिव विष्णुराम आचार्यको स्वागत मतव्यबाट सुरु भएको कार्यmमको संचालन पत्रकार लिला शाह र प्राध्यापक निशान्त आचार्यले गर्नु भएको थियो । महायज्ञको पूर्व सन्धायामा घोराही देखि धारपानी सम्म शोभा यात्रा निकालिएको थियो ।

घोराही स्थित कर्मचारी मिलन केन्द्रबाट सुरु गरिएको शोभायात्रा तुलसीपुर चोक,दामोदर चोक,बैङ्क रोड,नयाँ बजार, गणेश मन्दिर चोक, निमाहल चोक हुदै धधारपानीमा पुगेर समापन गरिएको थियो । शोभायात्रामा दश हजारको सहभागिता रहेको थियो ।

Facebook Comments