• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जनयुद्ध दिवसमा ऐतिहासिक गुरिल्ला म्याराथनः गोरखालीले जिते उपाधि




रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा सञ्चालित मौराखारा गुरिल्ला म्याराथनको उपाधि गोरखा आरुघाटका भिमबहादुर गुरुङले जितेका छन् ।

जनयुद्ध दिवसको अवसरमा सानीभेरी गाउँपालिकाले आयोजना गरेको गरिल्ला म्याराथनमा गुरुङ ६३ जना प्रतिस्पर्धीलाई उछिन्दै प्रथम भएका हुन् । उनले २३ किलोमिटरको दुरी ३ घण्टा १८ मिनेटमा पुरा गरेका छन ।

दौडमा ३ घण्टा २२ मिनेटमा दुरी पार गरेका सानीभेरी गाउँपालिका ३ गरायला तिमिलेका अर्जुन बस्नेत दोस्रो तथा मुसीकोट नगरपालिकाका ६ साँखका दुर्गाराज बुढा तेस्रो भएका छन् । बुढाले ३ घण्टा २४ मिनेटमा पुरा गरेका थिए ।

यस्तै ३ घण्टा २८ मिनेटमा दौड पुरा गरेका प्यूठानका दामोदर बुढामगर चौथो भए । प्रतियोगिताको विजेताले ६० हजार, उप विजेताले ४५ हजार, तेस्रोले ३५ हजार, र शान्त्वना हुनेले १० हजारपुरस्कार प्राप्त गरेका छन् ।

त्यस्तै दौडमा उत्कृष्ट १० खेलाडीलाई सम्मान सहित जनही २ हजार प्रदान गरिनुका साथै बिजेताहरुलाई ट्रफि, मेडल र प्रमाण पत्र बितरण गरिएको छ । प्रतियोगितामा रुकुम पश्चिमसहित गोरखा, प्युठान, रोल्पा, जाजरकोट गरी ६३ जना धावकहरुको सहभागिता रहेको थियो ।

म्याराथन तत्कालीन नेकपा माओवादीले १० वर्षे जनयुद्धमा प्रयोग गरेको बाटोमा सञ्चालन गरिएको हो ।

सानीभेरी गाउँपालिका कार्यालय सिम्लीबाट सुरु भएको प्रतियोगिता मौराखारा, चाख्लेमेला, रिम्ना दोभान, जाजरकोटको रिम्ना, चाइनाबगर, गिठाकोट, फुक्रू जिउला हुँदै सोही ठाउँमा पुगेर समाप्त भएको थियो ।

म्याराथन संगै गाउँपालिकाले भव्य सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो ।

जसको प्रमुख आतिथ्यता रुकुम पश्चिमबाट कर्णाली प्रदेश सांसद देवि ओलीले गर्नुभएको थियो ।।।

Facebook Comments