• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
रेडियो चौरजहारीमा नयाँ ब्यवस्थापन




रुकुम पश्चिमकाे चाैरजहारीमा सञ्चालनमा रहेको रेडियो चाैरजहारीकाे सञ्चालन समिति बदलिएको छ ।

रेडियोबाट सार्वजनिक सुचना प्रशारण गरेर रेडियो सञ्चालनकाे जिम्मा नयाँ टिमले लिएको जानकारी बनाइएको थियोे । सामुदायिक विकास अभियान नेपाल संस्था दर्ता गरि २०७१ सालदेखि रेडियो सञ्चालनमा ल्याइएको थियाे । रेडियो सञ्चालक समिति बदलिए पनि सञ्चालन संस्था भने पुरानै हुनेछ ।

रेडियो सञ्चालन संस्थाकाे नि वर्तमान अध्यक्ष दिवस पाेख्रेल थिए हाल ज्ञानु गाैतम सञ्चालन समितिकाे अध्यक्ष भएका छन् । सञ्चालन समिति ३ जना वडा अध्यक्ष १२ न. अध्यक्ष टिकाराम अाेली , ६ न. अध्यक्ष जयलाल महतारा , ९ न. अध्यक्ष महेश स्वर्णकार सहित १० सदस्यीय रहेकाे छ ।

सञ्चालन समितिका वर्तमान अध्यक्ष ज्ञानु गाैतमले भने हामी मन मिल्नेहरु मिलेर रेडियो सञ्चालनकाे जिम्मा लिएका छाैँ । जसकाे लागि पुरानाे समितिलाई शेयर फिर्ता गर्ने भन्ने भएको छ । ११ लाख ११ हजार रुपैयाँ हामीले तिरेका छाैँ अध्यक्ष गाैतमले भने अहिले सबै रकम रिन काढेर बुझाएका छाैँ ।

अब प्रत्येक सञ्चालन समिति सदस्यले १ लाखका दरले शेयर लगानी गर्ने निर्णय गरेका छाैँ , शेयर रकम उठ्यो भने रिन तिर्छाैँ । उनले भने रेडियो ब्यवस्थापन र नविकरण गर्नुपर्ने भएकोले त्याे प्रक्रियामा जुटेका छाैँ त्यतिन्जेल सम्मलाई बन्द गरिएको छ सम्भव त फागुन १ गतेदेखि हामी रेडियो सञ्चालन गर्छौं ।

Facebook Comments