• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अब कृषि अनुदान गैरकृषकको हातमा जाने छैनः कृषिमन्त्री




नेपाल सरकारका कृषि तथा पशुपक्षी विकास मन्त्रि चक्रपाणी खनाल (बलदेव) ले कृषि क्षेत्रको विकासको लागि योजना निर्माण गरेर अगाडि वढनु पर्ने बताएका छन् ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा उनले यस्तो वताएका हुन । कृषि लाई अगाडि वढाउनका लागि योजना निर्माण गरेर अगाडि वढनु पर्ने उनको भनाइ रहेको छ । कृषि क्षेत्रमा अहिले सम्म प्रभावकारी योजना निर्माण हुन नसकेको समेत बताए ।

नेपालमा अहिले पनि परम्परागत खेती प्रणाली रहि रहेको उनको भनाइ रहेको छ । नेपालमा ६६ प्रतिशत नागरीक कृषिमा सङलग्ता भए पनि यसको विकास हुन नसकेको उनको भनाइ छ । ‘२ तिहाइ जनसङख्या कृषिमा सङलग्ता हुदा पनि वाहिर पनि आयात गर्नु पर्ने वाध्यता रहेको छ’ मन्त्रि खनालले भने ।

कृषि लाई आधुनिक प्रविधि संग जोडेर अगाडि वढनु पर्ने मन्त्रि खनालको भनाइ रहेको छ । यसका लागि आफु लागि परेको समेत बताए । कृषि क्षेत्रको विकास गर्ने सकिएमा विदेशीएका युवाहरु लाई स्वदेशमा नै रोजगार दिन सकिने बताए ।

‘कृषि क्षेत्रको विकास गर्ने सकेमा विदेशीएका धेरै युवाहरु लाई रोजगार दिन सकिन्छ’ मन्त्रि खनालले भने । त्यसैगरेर कृषकहरुको हात सम्म अनुदान पु¥याउनु पर्ने बताए । वास्तविक कृषकहरुको हातमा अनुदान पु¥याउन आफुहरु अगाडि वढेको समेत बताए ।

कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालको अध्यक्षता एवम नेपाल सरकारका कृषि तथा पशुपक्षी विकास मन्त्रि चक्रपाणी खनाल (बलदेव) को प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य निर्मल आचार्य, नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं ५ का उपाध्यक्ष हेमराज वन्जाडे, घोराही उप महानगरपालिका वडा नं १४ का अध्यक्ष शक्तिराम डाँगी, नागरिक समाजका दाङका अध्यक्ष तथा संघका पुर्व अध्यक्ष चन्द्रराज पन्त, व्यवसायि श्रीधर पोख्रेल, भेटेनरी अस्पताल तथा विज्ञ केन्द्रका प्रमुख डा वेदवहादुर केसी, सुरक्षित कुखुरा तथा दाना व्यवसायी समिति घोराहीका अध्यक्ष निमवहादुर वुढाथोकी लगाएतकाले भनाइ राखेका थिए ।

कार्यक्रममा सहभागिलाई धन्यावाद ज्ञापन उद्योग उपाध्यक्ष वसन्त जोसीले गरेका थिए । कार्यक्रमको सहजिकरण संघका सचिव माया पोख्रेलले गरेकी थिइन ।

Facebook Comments