• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दुर्गमको वडामा अनलाइन प्रणाली




रुकुमपूर्वको सिस्ने गाउँपालिका ५ नम्बर वडा कार्यालयले अनलाइनबाट ब्यतिगत घटना दर्ताको सुरुवात गरेको छ । जिल्लाको सिस्ने गाउँपालिका ५ न वडा कार्यालयले जिल्लामै पहिलोपटक अनलाइन प्रणाली प्रयोगमा ल्याएको हो ।

पञ्जिकारण बिभागले ब्यतिगत घटना दर्ता सामाजिक सुरक्षा कार्यक्रम लाई आधारित बनाउदै रास्टिय परिचयपत्रको तथ्यांक सङग आबद्ध लक्ष्य सहित ब्यक्तिगत घटना दर्ता लाई अनलाइन बेसमा लागू गरिएको र त्यसको सुरुवात ५ न वडा कार्यालयबाट गरिएको सिस्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिमला रोका श्रेष्ठले जानकारी दिनुभयो ।

यो सिस्टम प्रयोगमा ल्याएसङगै अब ५ न वडा भित्र बसोबास गर्ने हरेक नागरिकले डिजिटल जन्म दर्ता बिबाह दर्ता मृत्यु दर्ता र ब्यक्तिगत घटना दर्ता प्रमाणपत्र प्राप्त गर्ने वडा अध्यक्ष शान्ते हादुर बिक ले जानकारी दिनु भएको छ ।

यसअघि वडाका विभिन्न प्रमाणपत्र तथा महत्त्वपूर्ण कागजात हराउने च्यातिने डर हुन्थ्यो वडा अध्यक्ष बि क ले भन्नुभयो अब अनलाइन बाट यी सेवा सुरु गरेपछि वडाका विभिन्न अभिलेखहरु राख्न सजिलो हुने भएको छ । उहाँका अनुसार यस अघि ५ न वडा भित्रका हरेक नागरिकले जन्म दर्ता बिबाह दर्ता मृत्यु दर्ता ब्यक्तिगत घटना दर्ता लगायत विभिन्न सिपारिस हस्तलिखित पाउदै आएका थिए ।

अब देखि भने ५ न वडाका हरेक नागरिकले यी सबै डिजिटल प्रमाणपत्र प्राप्त गर्ने छन । अनलाइन प्रणलीबाट ब्यक्तिगत घटना दर्तालाई सिस्ने गाउँपालिकाका ८ वटै वडामा क्रमिक रुपमा सञ्चालन गरिने सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बराल गौतमले जानकारी दिनुभयो ।

Facebook Comments