न्यूजिल्याण्डको दुइ मस्जिदमा आतंकवाद हमला, ४९ को मृत्यु

न्यूजिल्यान्डको क्राइस्टचर्चस्थित दुई मस्जिदमा बन्दुकधारीले आक्रमण गर्दा ४९ जनाको मृत्यु भएको र कम्तीमा २० जना गम्भीररूपमा घाइते भएका छन्। प्रधानमन्त्री जेसिन्डा आर्डर्नले शुक्रवारलाई ‘कालो दिन’ भएको बताउँदै यो घटनालाई ‘आतङ्ककारी हमला’ मात्रै भन्न सकिने बताइन्। तीस वर्ष पुग्न लागेका एक पुरुषलाई प्रहरीले गिरफ्तार गरि हत्याको आरोपमा शनिवार अदालतमा पेश गर्ने तयारी गरेको छ। अन्य दुई …..


भारतमा आम चुनावको मिति घोषणा, सात चरणमा चुनाव हुने

भारतीय लोकसभाको निर्वाचनको मिति आइतबार घोषणा गरिएको छ । भारतीय निर्वाचन आयोगका प्रमुख आयुक्त सुनिल आरोडाले आगामी अप्रिल ११ पछि मे १९ सम्म विभिन्न सात चरणमा निर्वाचन गर्नेगरी निर्वाचनको मिति सार्वजनिक गर्नुभएको हो । मुलुकभर जम्मा ५४३ सदस्यका लागि विभिन्न सात चरणमा गरिने निर्वाचनलाई शान्तिपूर्ण एवम् स्वच्छरूपमा सम्पन्न गर्न दलहरूलाई आयुक्त आरोडाले आग्रह गर्नुभयो । …..


हो चि मिन्हप्रति कोरियाली नेता किमले यसरी दिए सम्मान

भियतनामका क्रान्तिकारी नेता हो चि मिन्हाप्रति उत्तर कोरियाली नेता किम जोङ उनले सम्मान व्यक्त गर्नुभएको छ । हाल भियतनाममा रहेका उहाँले भियतनामका स्वतन्त्रतावादी तथा क्रान्तिकारी नेता मिन्हाप्रति शनिबार श्रद्धाञ्जलि व्यक्त गर्नुभएको समाचारमा जनाइएको छ । भियतनामको दोङदाङ सीमा क्षेत्रमा रहेको मिन्हाको समाधिस्थलमा पुगी उहाँले शनिबार हार्दिक श्रद्धा व्यक्त गर्नुभएको जनाइएको छ । नेता किम अमेरिकी …..


नेपालले भन्यो: भारत–पाक समस्या वार्ताबाट समाधान गर

सरकारले भारत र पाकिस्तानबीचको तनाब वार्ताका माध्यमबाट हुनुपर्नेमा जोड दिएको छ । यही फागुन २ गते जम्मुकाश्मिर राज्यको पुलवामा सुरक्षाफौजमाथि भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढेको तनावले नेपाल सरकारलाई चिन्तित तुल्याएको बताउँदै परराष्ट्र मन्त्रालयले शान्तिपूर्ण माध्यमबाट परिस्थितिलाई सामान्य बनाउन आग्रह गरेको छ । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को अध्यक्षका नाताले नेपाल दक्षिण …..


भारतका दुई युद्धक विमान खसालेको पाकिस्तानको दाबी

पाकिस्तानाको वायुसेनाले भारतका दुई ओटा लडाकू विमान खसालेको पाकिस्तानी सेनाले दाबी गरेको छ । तीमध्ये एउटा विमान पाकिस्तानको हवाइ क्षेत्रमा खसालिएको र विमान चालकलाई पक्राउ गरिएको पाकिस्तानी सेनाले जनाएको छ । साथै विमानलाई पनि ध्वस्त गरेको पाकिस्तानी सैनिकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले एक भारतीय युद्धक विमान …..


दुखाइको औषधि कम गर्ने ब्रुफेनका जन्मदाताको निधन

दुखाइका औषधिहरुमध्ये सबैभन्दा अग्रणी औषधिको नाम हो– आइबुब्रोफेन । यो औषधि आजको विश्वमा दुखाइ निको पार्न सर्वाधिक विक्री हुने औषिधिमा गनिन्छ । हो यही औषधिको जन्मदाता, बेलायती वैज्ञानिक डाक्टर स्टेवार्ट एडम्सको गत ३० जनवरीमा निधन भएको छ । विज्ञान जगत्मा योगदान पुर्याएवापत बेलायत सरकारद्वारा अर्डर अफ द व्रिटिश एम्पायर ९इचमभच या तजभ द्यचष्तष्कज भ्mउष्चभ० पदवीबाट …..


भेनेजुएला प्रकरणमा नेपालको धारणा– बैदेशिक हस्तक्षेविना निकास खोज्न त्यहाँका जनता समक्ष छन्

सरकारले दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा भएको पछिल्ला राजनीतिक विकासक्रमलाई नजिकबाट नियाली रहेको बताएको छ । सरकारको तर्फबाट परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो । “भेनेजुएलामा भएको पछिल्लो राजनीतिक विकासलाई नेपाल सरकारकाले नजिकबाट नियाली रहेको छ,” परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “देशको आन्तरिक राजनीतिक समस्या बाह्य हस्तक्षेपबाट स्वतन्त्र रही संवैधानिक …..


पत्रकार खशोज्जीको हत्या साउदी राजकुमारका निकटस्थले गरेको दावी

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डाेगानले साउदी पत्रकार जमाल खशोज्जीको हत्या साउदी अरबका राजकुमारका निकटस्थहरुले गरेको दाबी गर्नुभएको छ । एर्डाेगानले इस्तानबुलमा आयोजित एक सम्मेलनमा भन्नुभयो, “घटनास्थलमा रेकर्ड भएको आवाज सुन्दा पत्रकार खशोज्जीको हत्यामा साउदी राजकुमारका निकटस्थहरूको सक्रिय भूमिका रहेको प्रष्ट हुन्छ ।” यसअघि अमेरिकाले पनि यस हत्याकाण्डमा साउदी राजकुमार मोहम्मद बिन सलमान अल साउद मुख्य …..