दूध बेचेर समृद्धिः दुई महिनामै रुकुमबाट साढे २२ लाखको दूध निर्यात

रुकुम पश्चिममा सञ्चालित नागरिक दुग्ध सहकारी संस्थाले दुई महिनामै साढे २२ लाखको दूध जिल्लाबाहिर निर्यात गरेको छ । गएको माघमा सञ्चालनमा आएको सहकारी संस्थाले दूध बिक्रीबाट २२ लाख ५५ हजार रुपैयाँको कारोबार गरेको हो । नागरिक दुग्ध सहकारीका अनुसार, ३(३ दिनको फरकमा जिल्लाका विभिन्न स्थानबाट संकलन गरिएको दूध नेपालगञ्ज पठाइन्छ । सहकारीका अध्यक्ष धिरन सिर्पालीले …..


केही वर्षभित्र तिब्र आर्थिक बृद्धि भएको देश बनाउछौ : प्रधानमन्त्री

नेपालमा सहकारी स्थापना भएको ६२ वर्ष विशेष कार्यक्रम गरी मनाइएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, राष्ट्रिय सहकारी विकास वोर्ड, राष्ट्रिय सहकारी महासंघले आज (मंगलबार) विशेष कार्यक्रमको आयोजना गरी काठमाडौंमा ६२ औं राष्ट्रिय सहकारी दिवस कार्यक्रम भव्य रूपमा मनाएका हुन् । ‘दिगो विकास लक्ष्य प्राप्तिका लागी सहकारी’ मूल नाराका साथ यसवर्ष सरकारी …..


दाङमा ६२ औं राष्ट्रिय सहकारी दिवस सप्ताहव्यापी मनाइने

६२ औं राष्ट्रिय सहकारी दिवस दाङमा विभिन्न कार्यक्रम गरी एक हप्ता सम्म मनाइने भएको छ । जिल्ला सहकारी संघको आयोजनामा दश वटै पालिकाहरुमा विभिन्न कार्यक्रम गरिने भएको हो । रक्तदान देखि गौ सेवा सम्मका कार्यक्रम गरिने संघका अध्यक्ष गोविन्द प्रसाद शर्माले जानकारी दिए । संघले बिहिबार घोराहीमा पत्रकार सम्मेलन गरी दिवसका अवसरमा एक हप्ता सम्म …..


‘प्राङ्गारिक कृषि अभियान’ कर्णालीबाट शुरु हुन्छ : मन्त्री खनाल

कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालले मुलुकको ‘प्राङ्गारिक कृषि अभियान’ कर्णाली प्रदेशबाट शुरु हुने बताउनुभएको छ । कर्णाली प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘प्राङ्गारिक कृषि’ सम्बन्धी विषयको अन्तरक्रियामा कृषिमन्त्री खनालले कर्णाली प्रदेशले प्राङ्गारिक कृषिमा जोड दिएकाले यसको अभियान पनि कर्णालीबाटै थालिनेमा जोड दिनुभयो । “कर्णाली प्रदेशले प्राङ्गारिक कृषिसम्बन्धी विधेयक …..


प्रयोगात्मक तालिम: खेती गर्ने नौलो बिधि

रुकुमपूर्वमा एक संस्थाले खेतीको लागि प्रयोगगात्मक तालिम दिएको छ । बहुउद्देश्यीय सामुदायिक विकास सेवा संस्थाले सोमबार देखि बिहिबार चार दिन तालिमको आयोजना गरेको थियो । उक्त संस्थाको कार्यालय भूमे गाउँपालिका २ खेबाङमा रहेको छ । ३१ जनाको सहभागीलाई खेबाङमै तालिम दिइएको हो । संचालित भएको व्यवसायिक तरकारी खेती तालिम दुई दिन छलफल तथा ठ्याउरिकल पदाई …..


उत्पादनमा जुट्दै बिद्यार्थी, ब्यवसायिक शिक्षाको अभ्यास

रुकुम पश्चिम चाैरजहारी नगरपालिका वडा न. ११ स्थित हिमालय माविमा प्राविधिक शिक्षा अन्तरगत कृषि जेटिए अध्यन गर्ने बिद्यार्थीहरु कृषि उत्पादनमा जुटेका छन् । कृषि जेटिए र तीन बर्षे बाली बिज्ञान अध्यन गर्ने ८० जना बिद्यार्थी कृषि उत्पादनमा जुटेका हुन् । बिद्यार्थीलाई उत्पादन मुखि बनाई ब्यवसायिक ( जनवादी ) शिक्षा लागू गर्नकाे लागि ६ ग्रुपमा बिभाजन …..


रुकुमको लुकुममा स्मार्ट भेडा पालन

रुकुमपूर्व भूमे गाउँपालिका वडा नम्बर १ लुकुममा स्मार्ट भेडापालनको सम्भाव्य अध्यन गरिएको छ । भेडापालनको अवस्था, अहिले उत्पादन भइराखेको खेती, लुकुमको भूमिमा कस्तो बाली तथा अन्न उब्जन हुन्छ विषयमा स्थानीयसंग छलफल गरिएको छ । भूमेमै धेरै भेडा पालन गर्ने वडा नम्बर १ लुकुम रहेको छ । प्रदेश सरकारले शुरु गरेको कृषि स्मार्ट गाउँअन्तर्गत प्रदेशसभा सदस्य …..


लसुनकाे बीउ बिक्री भएन्, कृषक चिन्तित

रुकुम पश्चिम चाैरजहारी नगरपालिकाका विभिन्न ठाउँमा लगाएको लसुन बिक्री नहुँदा कृषकहरु चिन्तित भएका छन् । लसुन बारीबाट भण्डारण गरेको १० महिना बढी बितिसक्दा पनि बिक्री नहुँदा कृषकहरु चिन्तित भएका हुन् । नगरपालिकाका विभिन्न ठाउँमा लगाएको ३० क्विन्टल लसुन अझै पनि बिक्री हुन् सकेको छैन् । लसुन बिक्री नहुँदा भण्डारण गरेकै ठाउँमा कुहिन र उम्रन सुरु …..


अर्गानिक खेतीका लागि विरुवा उत्पादन र भकारो सुधार शुरु

घोराही उपमहानगरपालिका वडा नम्बर १ र २ मा पर्ने रामपुरको बुका गाउँ गरिने अर्गानिक खेतीका लागि तयारी थालिएको छ । पर्यावरणीय दिगो विकास तथा अनुसन्धान केन्द्र नेपालको अगुवाइ तथा स्थानीय समुदायको सक्रियतामा शुरु भएको अर्गानिक पकेट क्षेत्र निर्माणमा कार्यक्रमअन्तर्गत बीउ उत्पादन शुरु गरिएको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडिपिको जिइएफ÷एसजिपीको सहयोगमा यी दुइ वडामा …..


प्रदेशस्तरीय पोल्ट्री व्यवसायी मञ्च गठन

प्रदेश स्तरीय पोल्ट्री व्यवसायि मञ्च गठन गरीएको छ । प्रदेश नं ५ का पोट्री व्यवसायिहरुको दाङको घोराहीमा भएको भेलाले मञ्च गठन गरेको हो । मञ्चका अध्यक्षमा वुटवलका दीपक आचार्य रहनुभएको छ । उपाध्यक्ष हाल लाइ खाली राखिएको छ । महासचिवमा दाङका डिल्लीवहादुर डाँगी, सचिवमा कपिलवस्तुका रुद्र रौतार, कोषाध्यक्षमा पाल्पाका धर्मवहादुर वुढाथोकी रहनुभएको छ । सदस्यहरुमा …..