• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अर्थतन्त्र ठूलो संकटमा गएको छैन, जान नदिन हामी सचेत छौंः अर्थमन्त्री




अर्थमन्त्री जनार्दन शर्माले देशमा आर्थिक संकटको अवस्था आयो भनेर गलत प्रचारबाजी भइरहेको बताउनुभएको छ ।

अर्थ मन्त्रालयमा पत्रकार सम्मेलन गरी उहााले अर्थतन्त्रका सूचकहरु सार्वजनिक गर्दै अर्थतनत्रलाई नियमित गतिमा चल्न दिनुपर्ने बताउनुभयो ।
‘आम जनमानस र व्यवसायिक जगतलाई हतोत्साहित गर्न हुँदैन, राजनीतिकरण गर्नु हुँदैन’– उहाँले भन्नुभयो– ‘अर्थतन्त्र ठूलो संकटमा गयो भनेर प्रचार गर्नुपर्ने अवस्था छैन ।’

उहाँले सतर्क भएर जान अर्थमन्त्रालय लागेको भन्दै संकट टार्न विभिन्न निर्णयहरु गर्न मन्त्रिपरिषदमा प्रस्ताव पुगेको जानकारी दिनुभयो ।
शर्माले सार्वजनिक ऋण वाञ्छित सीमाभित्रै रहेको बताउनुभयो । उहाँका अनुसार नेपालको कूल सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब मात्रै रहेको छ ।

अहिले नेपालमा पर्याप्त वैदेशिक विनिमय सञ्चिति रहेको र यसको अनुपातमा भुक्तानीको परिमाण कम रहेकाले आत्तिनुपर्ने अवस्था नरहेको उहाँले बताउनुभयो ।
उहाँले देश श्रीलंका बन्छ भन्नु अफवाह भएको बताउनुभयो । मन्त्री शर्माले बृद्धभत्ता समेत दिन नसक्ने भनेर गरिएको दाबी अफवाह मात्र भएको बताउनुभयो ।
आइतबार मात्र एमाले अध्यक्ष केपी शर्मा ओलीले देश श्रीलंका हुने र सरकारले बृद्धभत्ता समेत दिन नसक्ने आउने दाबी गर्नुभएको थियो ।

अर्थमन्त्री शर्माले ओलीको नाम नलिई भने– ‘‘विदेशी पानी खाएर हुर्किएका केही नागरिकको कुरा सुन्ने हो भने बृद्ध भत्ता पनि दिन नसक्ने अवस्था आएको भन्ने सुनिन्छ । तर चुनावका लागि सबै तयारी गरेका छौं, बजेटको व्यवस्था गरेकमा छौं, जुन दिन चाहिन्छ, त्यही दिन भुक्तानी दिने सुनिश्चितता गरेका छौं ।’

तर अवाफहहरुलाई जोडेर देश श्रीलंका हुन्छ भन्नेतिर लैजान खोजिएको भन्दै मन्त्री शर्माले भन्नुभयो– ‘यो राष्ट्रघात हो । श्रीलंका बनाउन किन चासो भइरहेको छ, अचम्म लाग्छ ।’

Facebook Comments