• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कपुरकोट गाउँपालिकाले दियो किसानलाई जोत्ने मेसिन




सल्यानको कपुरकोटमा ६ जना किसानहरुले खेतबारी जोत्ने मेसिन (मिनि टिलर) प्राप्त गरेका छन् । गाउँपालिकाभित्रका ब्यवशायीक खेती गर्ने किसानहरुलाई ५० प्रतिशत अनुदानमा आइतबार मिनि टिलर वितरण गरिएको हो । कृषिमा आधुनिकीकरण र यान्त्रीकरण गर्न किसानलाई मिनी टिलर वितरण गरिएको आर्थिक विकास संयोजक यम कुमार बस्नेतले जानकारी दिए ।

मिनि टिलरका लागि किसानले ३७ हजार ५ सय रुपैयाँ तिरेका छन् भने ५० प्रतिशत रकम गाउँपालिकाले अनुदान दिएको कृषि विकास ईकाई प्रमुख टिका कुमारी राईले जानकारि दिइन् ।

किसानहरुलाई मिनि टिलर वितरण गर्दै गाउँपालिका उपाध्यक्ष तिला बुढा मगरले नयाँ प्रविधिमार्फत् कृषिमा श्रम र लागत घटाइ उत्पादन बढाउन कृषकको माग अनुसार मिनी टिलर वितरण गरिएको बताइन् । यस्तै प्रमुख प्रशासकीय अधिकृत मोहन खड्काले यान्त्रीकिकरण मार्फत किसानको आयश्रोत बढाउनुपर्नेमा जोड दिए ।

मिनी टिलर पाएपछि खेती किसानी गर्न सजिलो हुने बताउँदै कपुरकोट ४ का किसान गोविन्द विकले गोरुले भन्दा छिटो र सजिलो संग खेत बारी जोत्न सकिने बताए ।

शंकर केसीले सञ्चालन गरेको कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष हरिला पुन, न्यायीक समिति सदस्य भिमा बुढाथोकी, प्रशासन शाखा प्रमुख खगेन्द्र बहादुर शाही, जीन्सी शाखा प्रमुख देवेन्द्र कुमार सेन लगाएतको उपस्थिति थियो । सो अवसरमा एसएउस सप्लायर्सका सञ्चालक शोभाकर शर्माले प्रयोग गर्ने विधि र प्राविधिक विषयमा जानकारी गराएका थिए ।

गोरु पाल्न नपर्ने, छिटो काम हुने र कम लागत पर्ने भएकाले पछिल्लो समय सल्यानका किसानहरुले खनजोतका लागि मिनी टिलरको प्रयोग गर्न थालेका छन् ।

Facebook Comments