• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यान कालिमाटी गाउँपालिकमा ५२ करोड बढीको बजेट




कोभिड नियन्त्रण संगै शिक्षा, स्वास्थ्य, कृषि, रोजगारलाई विशेष प्राथमिकतामा राख्दै सल्यानको कालिमाटी गाउँपालिकाले ५२ करोड ३५ लाख २० हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । यस्तै भौतीक पूर्वाधार तर्फ अधुरा रहेका योजनाहरुलाई पुरा गर्ने र निरन्तरता दिनेगरी गाउँपालिकाले आ.व. २०७८।०७९ को लागि बजेट ल्याएको हो ।

कालिमाटी गाउँपालिकाको दशौँ गाउँसभाले पारित गरेको बजेटमा एक वडा एक कृषि उत्पादन तथा एक वडा एक पशुपालन ब्यवशायका लागि ४०/४० लाख रुपैयाँ विनियोजन गरिएको छ भने नमुना तरकारी ब्यवस्थापनका लागि २० लाख रुपैयाँ छुट्याइएको छ ।

सोमबार गाउँपालिका अध्यक्ष दान बहादुर केसीले नीति, कार्यक्रम प्रस्तुत गरेका थिए भने मंगलबार उपाध्यक्ष सनशिलता वली डिसीले बजेट सार्वजनिक गरेकी हुन् । बेरोजगारी समस्यालाई समाधान गर्न, विदेश जाने दरलाई न्युनिकरण गर्न तथा वैदेशिक रोजगारबाट फर्केका युवालाई पुनः वैदेशिक रोजगारीमा जान निरुत्साहित गर्नका लागि पर्याप्त रोजगारी सिर्जनाका कार्यक्रमलाई प्राथमिकता दिइएको अध्यक्ष केसीले बताए । जसका लागि कालिमाटी अध्यक्ष रोजगार कार्यक्रमका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।

कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि १५ लाख, सुकुम्बासी तथा अव्यवस्थित बसोबासको समस्या समाधानको लागि जग्गा नापजाँच कार्यक्रमको लागि ४५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै सडक विस्तार तर्फ एक करोड ५० लाख, सडक मर्मत सम्भार तर्फ ६० लाख, खरको छाना विस्थापनका लागि एक करोड रुपैयाँ कालिमाटी गाउँपालिकाले विनियोजन गरेको छ । सिंचाई, खानेपानी, भवन, नदी नियन्त्रण, पोषण, खेलकुद, कला संस्कृती संरक्षण, विद्युत विस्तार तथा वैकल्पीक उर्जा कार्यक्रमका लागि पनि गाउँपालिकाले बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षका लागि पुँजीगत तर्फ २६ करोड ५० लाख र चालु तर्फ २५ करोड ८५ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष डिसीले जानकारि गराइन् ।

Facebook Comments